६ वैशाख २०८१ बिहीबार
अर्थ

सुन प्रतितोला १०० रुपैयांले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयांले घटेको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयांले बढेर एक हजार २२० रुपैयां तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ। रासस

प्रकाशित: १३ मंसिर २०७८ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App