७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटकीय आकर्षण समेटिएको म्युजिक भिडियो

विश्वमा नेपालको प्रचार गरेर बढीभन्दा बढी विदेशी भित्र्याउने उद्देश्यले यहाँको विविध स्थलाकृति, संस्कृति र अनन्त पर्यटकीय आकर्षणको प्रतिनिधित्व गर्ने एउटा म्युजिक भिडियो रिलिज भएको छ।

संगीतको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरी यसको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न म्युजिक भिडियो बनाइएको निर्माताको भनाइ छ। ‘माई सांग्रिला’ नामबाट अंग्रेजी भाषामा पहिलोपटक पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो।

गीतको उद्देश्य अन्तर्राष्ट्रिय र आन्तरिक दुवै पर्यटकलाई नेपालका पर्यटकीय गन्तव्यमा आकर्षित गर्नु हो। दुई वर्ष लगाएर नेपालका चर्चित पर्यटकीय गन्तव्य तथा पवित्र तीर्थस्थलमा गएर म्युजिक भिडियो छायांकन गरिएको निर्माता तथा निर्देशक सूर्य बरालले बताए।

म्युजिक भिडियोमा नेपाली परिदृश्यको भव्यता, नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनन्त सौन्दर्यलाई एक जना भ्रमणप्रेमीको आँखाबाट हेरिएको छ, जो नेपालसँग मोहित छ। फिल्म निर्माता एवं लेखक प्रेमबहादुर बस्नेतले लेखेको गीतमा सुवर्ण लिम्बूले संगीत भरेका छन्। यसका गीत प्रीति कौरको स्वरमा छ। 

प्रकाशित: १३ मंसिर २०७८ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App