coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गार्डेन मार्ट नेपालगन्जमा पनि

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।

सहकारीले आफ्नै भवन किनेर  मार्ट सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष केदारनाथ शर्माले बताए। यो मार्टमा उपकार  ब्रान्ड लगायतका अन्य विभिन्न ब्रान्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, घिउ, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मतसम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपुर्जाहरू, गार्मेन्ट्स, भाँडावर्तन, शृंगारका सामग्री, स्टेसनरी, जुत्ता, ब्याग लगायतका सामग्री बिक्रीका लागि राखिएको छ। शुभारम्भको अवसरमा मार्टले सम्पूर्ण सामानमा विशेष छुट दिएको जनाएको छ। 

प्रकाशित: १३ मंसिर २०७८ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App