७ वैशाख २०८१ शुक्रबार
अर्थ

दुर्गम नेपालमा टेलिकमको सेवा

मुलुकका अत्यन्त दुर्गम र  विकट स्थानका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्‍याउन नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी यस आर्थिक वर्षमा अति दुर्गम र  विकट आठ स्थानमा जिएसएम टुजी र  फोरजी सेवा प्रवाह गरेको छ।

सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयर पोर्ट), नाम्चे बजार  र  ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गर्ज्याङ डाँडा) र  न्याक तथा मनाङको ओडार  भ्यु–प्वाइन्टमा हेलिकप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र  फोरजी सेवा उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, अन्य तीन दुर्गम र  विकट स्थानमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा कम्पनीले टुजी र  फोरजी सेवा सञ्चालन गर्ने तयारी  गरिरहेको छ।  

प्रकाशित: १३ मंसिर २०७८ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App