७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाल प्रवर्द्धन गर्न अङ्ग्रेजी भिडियो सार्वजनिक

नेपालको पर्यटन प्रवर्द्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो।

साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ। अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र भौगोलिक विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र विन्दु बनिरहेको छ। नेपालका विभिन्न गन्तव्यको विश्वभर प्रचारप्रसार गरेर बढीभन्दा बढी बाह्य पर्यटक नेपाल भित्र्याउन निजी तथा सरकारी तबरबाट विभिन्न पहलकदमी भइरहेको छ। पर्यटन प्रवर्द्धनका विभिन्न आयाममध्येको महत्वपूर्ण पाटो सङ्गीत पनि हो। त्यसैले सङ्गीतको माध्यमबाट पर्यटकीय सम्भावनाको उजागर गरी नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि म्युजिक भिडियो निर्माण गरिएको हो।

जम्मा ६ मिनेट ४० सेकेन्डको उक्त भिडियोमा सङ्गीतको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरिएको छ। म्युजिक भिडियाको निर्माता तथा निर्देशक सूर्य बराल हुन्। फिल्म निर्माता एवं लेखक प्रेमबहादुर बस्नेतको शब्द रहेको छ। उक्त म्युजिक भिडियोमा प्रख्यात सुवर्ण लिम्बुले सङ्गीत दिएका छन् भने प्रीति कौरले आवाज दिएकी छन्।

भिडियोले विविध स्थलाकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गरेको छ। साङ्ग्रिलाको माध्यमबाट आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न भिडियो बनाइएको निर्देशक बरालले बताए।

प्रकाशित: १२ मंसिर २०७८ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App