७ वैशाख २०८१ शुक्रबार
अर्थ

भक्तपुरको शिवशिखरको गार्डेन मार्ट नेपालगञ्जमा

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालनमा ल्याएको छ। सहकारीले आफ्नै भवन किनेर मार्ट सञ्चालनमा ल्याएको सस्थाका अध्यक्ष केदारनाथ शर्माले बताए।

यो मार्टमा उपकार ब्रान्डलगायतका अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, ध्यू, मह, जुसलगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्यागलगायतका सामग्री विक्रीका लागि राखिएको छ। शुभारम्भको अवसरमा मार्टले सम्पूर्ण सामग्रीहरुमा बिषेश छुट समेत व्यवस्था गरेको छ।

शिवशिखर बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋण संकलनका अतिरिक्त शेयर सदस्यलाई प्रत्यक्ष फाइदा पुर्‍याउने उदेश्यले अन्य विभिन्न क्षेत्रमा समेत लागानी विस्तार गरिरहेको छ। उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सबै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन भन्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७८ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App