९ माघ २०७८ आइतबार
अर्थ

अभिनेता हमालको रोजाइमा जिप कम्पास

अभिनेता राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन्। उनी र उनकी पत्नी मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिएका हुन्।

‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सिमाना’जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। ‘मैले युवा अवस्थादेखि नै जिपबारे सुन्दै आएको थिएँ। सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिएँ। म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुसी छु कि आज मैले जिप किनें।’

केही महिनाअघि नयाँ जिप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिपको बिक्री उल्लेखनीय रूपमा बढिरहेको कम्पनीले दाबी गरेको छ। यो सकारात्मक गति यो आर्थिक वर्षको अन्त्यसम्म पनि जारी रहने नेपालका लागि जिप कम्पासको अधिकृत विक्रेता एमएडब्लु लाइफले अपेक्षा गरेको छ। नयाँ कम्पासमा जिपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरका लामो सूची रहेको कम्पनीले जनाएको छ। ‘कम्पासमा जिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्ने (गो एनि ह्वे र, डु एनिथिङ) गर्न मद्दत गर्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ। यसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रूपैयाँसम्म रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ मंसिर २०७८ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App