coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एनआइसी एसियालाई इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम मापदण्डको प्रमाणपत्र

एनआइसी एसिया बैंकले इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ।

आइएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार बैंकले ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणको सुरक्षणको सुनिश्चितता देखाएबापत बैंकलाई क्वालिटी अस्ट्रियासँग आबद्ध सर्टिफिकेट एन्ड इन्फरमेसन सेक्युरिटी सर्भिसले प्रमाणपत्र प्रदान गरेको बैंकले जनाएको छ।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रूपमा ग्राहकको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले तीन सय ५८ शाखा, चार सय ७३ एटिएम, ६८ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको छ।

प्रकाशित: १२ मंसिर २०७८ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App