७ वैशाख २०८१ शुक्रबार
अर्थ

डिजिटल बैंकिङमा अघि बढ्दै सिटिजन्स

सिटिजन्स बैंकले मोबाइल बैंकिङमार्फत सिआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने व्यवस्था सुरु गरेको छ। बैंकले सो सेवा मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्तरोन्नति गरेर सुरुवात गरेको हो।

सो सेवा प्रारम्भ भएसँगै प्राथमिक सेयर निष्कासनको समयमा आवश्यक सिआरएन नम्बर याद गरिरहन पर्ने झन्झटबाट मुक्त हुने बैंकको विश्वास छ। हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैंकमा खाता रहेका ग्राहकलाई समेत लक्षित गर्दै बिनाचेक ई क्यास पठाउने, रकम जम्मा गर्न ई भौचर प्रयोग गर्नेलगायत सुविधासमेत थप गरेको बैंकले उल्लेख गरेको छ।

साथै ग्राहकले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्युआर कोडमार्फत भुक्तानी गर्नेलगायत उपयोगी सेवा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: ९ मंसिर २०७८ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App