८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि स्वीकृत

काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ। कामपाको ७१ औँ कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो। आर्थिक वर्ष २०७५/०७६ मा होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।

उनका अनुसार कोष सञ्चालनका लागि कामपाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यसहित पाँच जना र होटल सङ्घ, नेपालका तर्फबाट चार जना गरी नौ जनाको निर्देशक समिति निर्माण गरिने पनि जनाइएको छ। वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ। त्यस्तै कामपा राजस्व विभागका प्रमुखको संयोजकत्वमा सङ्घको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ।

मङ्गलबार बसेको बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७औँ महानगर दिवस मूल समारोह समिति गठनसमेत गरेको छ। समितिको सदस्यमा उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्य रहनेछन्।

त्यसैगरी बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनःस्थापना केन्द्र नेपाल र मस्तिष्काघात स्वाबलम्बन समूह नेपाल गरी चार वटा संस्थालाई आर्थिक अनुदान गर्ने दिने निर्णय पनि गरेको छ।

प्रकाशित: ८ मंसिर २०७८ १६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App