coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

संयुक्त विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संयुक्त विद्यार्थी संगठनका नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्त लिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छन्।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्यवृद्धिको विषयमा संबन्धित निकायमा परामर्स गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले बताइन्।

मूल्यवृद्धिका विषयमा सडकमा बिध्यार्थी संगठनले उठाएको माग प्रति सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने भन्दै विद्यार्थी संगठनका नेताहरुलाई आस्वस्थ रहन आग्रह गरेका थिए। सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य संभव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन प्रधानमन्त्रीले दिएको अध्यक्ष सिंहले जानकारी दिइन्।

ज्ञापन–पत्रमा अखिल (क्रान्तिकारी)अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकरी) अध्यक्ष प्रकाश शाही ,मोहन बैध्य निकटअखिल (क्रान्तिकारी)अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभुत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन्। पछिल्लो पटक इन्धन गरिएको मूल्यवृद्धि पछि सरकारले सडकबाट दैनिक जसो युवा विद्यार्थी संगठनहरुको बिरोध खेपीरहेको छ।

प्रकाशित: ८ मंसिर २०७८ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App