coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विकासमा भाइटल रोल खेल्ने एमसिसी देशका लागि आवश्यक: गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीतिगत समस्याका कारण विदेशी लगानीलाई ल्याउन नसकिएको बताउँदै एमसिसी देशका लागि जरुरी रहेको उल्लेख गरे।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले भने, ‘एमसीसी देशका लागि आवश्यक छ। यसले विकासमा भाइटल रोल खेल्न सक्छ’ त्यसैले यसलाई रोक्न हुन्न स्वागत गर्नुपर्छ।’

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको बताए। उनले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गरेको जनाए। उनले अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएकाले सो समस्याको सम्बोधन बैंकले गर्नुपर्नेमा पनि जोड दिए।

‘सीडी रेसियोलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दामाथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन्। यसले निजी क्षेत्र प्रभावित हुन पुगेको छ।’ उनले व्यवसायका लािग लगानीको अभाव हुन थालेको बताउँदै सो समस्या समाधानका लागि राष्ट्र बैंकले ध्यान दिनुपर्ने सुझाए।

यस्तै सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकारसमेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन नसकेको बताए। ‘जति गर्नुपर्ने थियो, त्यति गर्न सकिएन। तर, मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ’, उनले भने।  

उनले कोभिड १९ प्रभावलाई चुनौतीको रुपमा नभई अवसरको रुपमा लिनुपर्नेमा जोड दिए। ‘सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदियो भने, नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइदियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन’, उनले भने।

प्रकाशित: ८ मंसिर २०७८ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App