coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

संघीय सरकारको सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक

आव ०७७/७८ मा सरकारको राजस्व संकलन ८२.८१ प्रतिशत भएको छ। कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य कर राजस्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख संकलन गर्ने लक्ष राखेकोमा ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख संकलन भएको हो।

मंगलबार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेस गरेको आव ०७७/७८ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१.१५ प्रतिशत अर्थात ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ। 

आव ०७७/७८ को कुल खर्चमा सरकारको स्रोतबाट ८२.३२ प्रतिशत तथा १७.६८ प्रतिशत वैदेशिक स्रोतबाट व्यहोरिएको छ। वैदेशिक स्रोतमा अनुदानको ३.४ प्रतिशत र ऋणको हिस्सा १४.६४ प्रतिशत छ।

आव ०७७/७८ मा संघीय सरकारको सञ्चित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख भुक्तानी भई चालु आवको कोष अवस्था १ खर्ब ७ अर्ब १६ करोड ५४ लाखले धनात्मक छ।

प्रकाशित: १ मंसिर २०७८ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App