८ वैशाख २०८१ शनिबार
अर्थ

छठ पर्वमा पेट्रोल अभाव

मटिअर्वाको चौरसिय पेट्रोल पम्पमा पेट्रोल छैन भनि राखिएको बोर्ड। तस्बिर: नागरिक

तराई मधेशको जिल्लाहरुमा बिशेष महत्वले मनाउने छठ पर्वमै  पेट्रोल पम्पहरुमा पेट्रोलको अभाव भएको छ। नेपाल आयाल निगमको आमलेखगन्ज डिपोले आवश्यक अनुसार पेट्रोल उपल्बध गराउन नसक्दा कलैया आसपास क्षेत्रको पम्पहरुमा पेट्रोलको अभाव भएको हो।

घरबाट छठ पर्वको लागि समान खरिद गर्न वा आफन्तहरुलाई बोलाउन सवारी साधन लिएर घरबाट निस्केका सर्वसाधारणहरुले पम्पहरुबाट पेट्रोल लिन नसके पछि समस्यामा पर्ने गरेका छन्। पेट्रोल अभाव भए पछि उपभोक्तहरुले महँगोमा बोटलमा राखेर बिक्री बितारण गर्दै आएका पेट्रोलहरु किनेर सवारी साधनहरुमा हाल्न  बाध्य भएका छन।

पम्पहरुमा एक सय ३२ रुपैया २५ पैसा पर्ने एक लिटर पेट्रोललाई बाध्य भएर एक सय ४० रुपैया भन्दा बढिमा किन्नु पर्ने बाध्यता छ। बारा उद्योग बाणिज्य संघका अध्यक्ष तथा पेट्रोलियम व्यपसायी राजकुमार साहले अमलेखजन्ज डिपोबाट आवश्यकता अनुसार पेट्रोल उपल्बध नगराउँदा कलैया आसपास क्षेत्रमा पेट्रोलको अभाव भएको गुनासो गरेका छन्।

पर्वमा सवारी साधनहरु अन्य दिन भन्दा बढी चल्ने भए पनि आयाल निगमले   खपत अनुसार पेट्रोल नदिदा पेट्रोल पम्पहरुमा पेट्रोल पाउन समस्य भएको बताइएको छ। तिहार विदा पछि आयाल निगमको अमलेखगन्ज डिपोबाट काठमाडौ लगाएतको स्थानहरुमा बढी मात्रामा पेट्रोलिय पदार्थ पठाउने गरिएको र डिपो भएको जिल्लाकै सदरमुकाम आसपास क्षेत्रको पम्पहरुलाई खासै ध्यान नदिए पछि धेरै दिन देखि पेट्रोल अभावको समस्य भएको अध्यक्ष साहले बताए। दैनिक एक पेट्रोल पम्पलाई तीन हजार लिटर मात्रै बेच्नको लागि आमलेखगन्ज डिपोले दिने गरेको उनले बताए।

प्रकाशित: २४ कार्तिक २०७८ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App