७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनआइसी एसियाको स्वतन्त्र सञ्चालकमा विजया स्वार

विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा ३० वर्षभन्दा बढी कार्यअनुभव सम्हालेकी विजया स्वार एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएकी छन्। बैंकको सञ्चालक समितिको निर्णयले उनलाई नियुक्त गरेको हो।

उनले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथ लिएकी छन्।

फिलिपिन्सको एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ सेवा सुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश पाएकी थिइन्।

प्रकाशित: १२ कार्तिक २०७८ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App