४ वैशाख २०८१ मंगलबार
अर्थ

चाँगुनारायण नगरपालिकामा बंगुर फार्म सञ्चालन गर्न नपाइने

भक्तपुरको चाँगुनारायण नगरपालिकामा बंगुर फार्म सञ्चालन गर्न नपाइने भएको छ। बंगुर फार्मले नगरभित्र फोहोर र प्रदूषण बढाएको भन्दै नगरभित्र सञ्चालनमा रहेका फार्मसमेत हटाउन नगरपालिकाले निर्देशन दिएको छ। 

नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा रहेका सबै बंगुर फार्म हटाउन भनेको सूचना जारी गरेको छ। स्थानीय बासिन्दाले बंगुर फार्मबाट फोहोर र प्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेकाले पालिकाले उक्त निर्णय लिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।  

नगरपालिकाको प्रशासन शाखाका अधिकृत निलाकुमारी घिमिरेले सोबारेमा सूचना प्रकाशित गरिएको जानकारी दिँद्यै ३० दिनभित्र फार्म हटाउनुपर्ने बताइन्। उनले नगरपालिकाले तोकेको दिनभित्र बंगुर फार्म नहटाइए कारबाही गर्ने पनि बताइन्। 

प्रकाशित: ५ कार्तिक २०७८ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App