८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्वतमा विश्वकै दोस्रो लामो जीपलाईनको परीक्षण सफल

तिहार अगावै सञ्चालन हुने

पर्वतको कुस्माबजारमा निर्माण भैरहेको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको पहिलो परीक्षण सफल भएको छ।

कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइनमा सोमबार पहिलो पटक गरिएको परीक्षण सफल भएको हो।

सञ्चालनको अन्तिम तयारीमा रहेको जीपलाईनमा दुई सय पटक भन्दा बढी परीक्षण गरिएपछि सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी रहेको हार्नेस जिपलाइन प्रालीले जनाएको छ।

पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो रहेको छ। सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मटरको जिपलाइन दुबईमा रहेको छ। क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपरम्यानमा सुपरम्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ। ‘नेपालमा क्लासिक शैलीका जीप लाईन यो भन्दा लामो भएपनि सुपरम्यान शैलीमा यो बिश्वकै दोस्रो लामो हो।

यो जीपलाईनमा दुई जनाले संगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तब्यमा पुगिनेछ। जीपलाईन भारतको श्याम जीपलाईनले निर्माण गरेको हो। हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ। 

कालीगण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ।

प्रकाशित: ५ कार्तिक २०७८ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App