८ वैशाख २०८१ शनिबार
अर्थ

बाढीबाट ज्यान गुमाउनेका परिवारलाई १ लाख राहत

प्रदेश १ को सरकारले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति एक लाख रुपैयाँका दरले राहत बितरण गर्ने निर्णय गरेको हो।  

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले बाढी पहिरोबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख नगद र क्षतिग्रस्त घर निर्माण गर्न ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रबक्ता सरोजप्रसाद गुरागाईले जानकारी दिए। यस्तै बाढी पहिरोमा फसेकाको उद्धार र विद्युत, हवाइसेवालगायतका अबरुद्ध सेवाहरू सुचारु गर्न मुख्यमन्त्री आचार्यले मातहत निकायलाई निर्देशन दिएका छन्।

धानबालीमा भएको क्षतिको विवरण संकलन गरि कृषकका लागि राहत प्याकेज ल्याउन भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयलाई  मुख्यमन्त्री आचार्यले  निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित: ४ कार्तिक २०७८ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App