७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रदेश सरकारले जलविद्युतमा लगानी गर्ने

प्रदेश सरकारले जलविद्युत आयोजनाको  शेयरमा लगानी गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खुपुखोला जलविद्युत आयोजनाको शेयरमा लगानी गर्ने निर्णय गरेको हो।  

अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार प्रदेश सरकारले शेयरमा लगानी गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। प्रदेश सरकारले प्रदेश पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीहरूसमेत नियुक्त गरेको छ। प्रदेश पर्यटन बोर्डको ११ सदस्यीय कार्यसमितिको अध्यक्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव रहनेछन्।

यस्तै एकजना अर्थ मन्त्रालयको अधिकृत, एकजना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनीधि, एकजना मन्त्रालयकै पर्यटन महाशाखाका प्रमुख रहने व्यवस्था छ। ६ जना उद्योग पर्यटन क्षेत्रमा विगत १० वर्षदेखि लागेकाव्यक्ति रहने व्यवस्था छ। मन्त्रिपरिषद्को बैठकले मननोयन सिफारिस समितिको सिफारिसअनुसार बोर्डको सदस्यहरूमा  फणिन्द्र अधिकारी, देवि गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई बोर्डमा नियुक्ति गर्ने निर्णय गरेको छ।

यस्तै प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्षसहित सदस्यहरुको नियुक्ति पनि गरेको छ। उपाध्यक्षमा  वावा मेयाङ्वो, सदस्य सचिवः कृष्ण बस्नेत (पर्शुराम), सदस्यहरुमा भेषराज कार्की, विप्लभ घोष, थलु राजभण्डारी, कृष्ण बस्नेत छन्। यस्तै  प्रदेश श्रम सल्लाहकारको  नियुक्ति पनि गर्ने निर्णय गरेको छ। जसको उपाध्यक्षमा राजिव घिमिरे सदस्यहरुमा भीम घिमिरे, सरोज श्रेष्ठ, सिता उपाध्यय , रञ्जु  सिग्देल, किशोर धमला, अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टिका प्रसाई, निलम साह सोनार रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ।  

प्रकाशित: २५ आश्विन २०७८ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App