१६ चैत्र २०८० शुक्रबार
अर्थ

डन्डीमा लगाइएको ३० प्रतिशत अन्तशुल्क हटाउन उद्योगीहरुसंग अर्थमन्त्रीको प्रस्ताव

बजेट कार्यान्वयनका विषयमा अर्थमन्त्री जनार्दन शर्माले उद्योगी तथा व्यापारीहरुसँग छलफल गरेका छन्। आईतवार अर्थमन्त्री शर्माले आयातित स्टील बिलेटमा अन्त शुल्क बढाएपछि दुई ध्रुवमा बाँडिएका डन्डी उद्योगी तथा व्यापारीहरुसँग छलफल गरेका हुन्। 

छलफलका क्रममा अर्थमन्त्री शर्माले उद्योग नबढाउने भए डन्डीमा लगाइएको ३० प्रतिशत अन्तशुल्क हटाउने प्रश्ताव गरे। उनले डन्डी अन्य मुलुकबाटै ल्याएर बेच्न आग्रह गर्दै राज्यसचिवसँग छलफल गरेर उद्योगीहरुले विद्युतको खपथ, भ्याल्यूएशन, श्रमीकहरुको अवस्थाको बारेमा रिपोर्ट तत्काल तयार गर्न निर्देशन दिए। अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनलाई प्रोत्साहन दिने गरी प्रतिस्थापन विधेयक ल्याएको बताए।

छलफलमा ज्योती समूहका उपाध्यक्ष डा।रुप ज्योतीले प्रतिस्थापन विधेयक डब्ल्यूटिओको सिद्धान्त विपरित् भएको बताए। उनले अहिले प्रतिस्थापन विधेयक मार्फत् दिइएको छुटले राष्ट्र र जनतालाई खतरा रहेको बताए। उनले प्रतिस्थापन विधेयकले लगानी गर्नेहरुको लगानी पनि संकटमा पर्ने बताए।

सौरभ समूहका चेयरम्यान विष्णु न्यौपानेले केही उद्योगीहरुले आफ्नो स्वार्थपूर्ति भएपछि अरुको व्यवसायलाई नराम्रो तर्क गरेको बताए। उनले अहिले सरकारले आफूहरुलाई पनि ८ प्रतिशतको प्रोटेक्शन दिएको कुरा स्वागतयोग्य रहेको बताए। उनले यो पनि बढी भएको बताउँदै यो सामन्तीवाद भएको बताए।

सरकारले प्रतिस्थापन विधेयक मार्फत् छड उत्पादन गर्ने कच्चा पदार्थ स्पञ्ज आइरनको भन्सार शुन्य बनाउनुका साथै बिलेटको अन्तःशुल्क बढाएको भन्दै स्टील उत्पादकहरु विभाजित भएका छन्। विदेशबाट बिलेट आयात गरेर डन्डी बनाउनेहरुले सरकारले ल्याएको प्रतिस्थापनविधेयकको बिरोध गरेका हुन् भने स्वदेशमै बिलेट उत्पादन सुरु गरेका व्यवसायीहरुले सरकारको कदमलाई स्वागत योग्य ठहर्याउँदै आएका छन्।

प्रकाशित: २४ आश्विन २०७८ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App