coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत

राष्ट्रिय जनगणनाको लागि बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत भएका छन्। घरपरिवार सूचीकरण कार्यक्रम अन्तर्गत ४८ हजार ८ सय ६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। केही ठाउँको तथ्यांक अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो संख्या बढ्न सक्ने बताईएको छ।

असोज २५ गतेभित्र घरपरिवार सूचीकरणको अन्तिम प्रतिवेदन केन्द्रिय तथ्यांक विभागमा पठाइसक्नु पर्ने भएकाले जिल्लाका सबै सबै घरधुरीको तथ्यांक आउने जिल्ला जनगणना कार्यालयले जनाएको छ। केन्द्रिय तथ्यांक विभागले बैतडीमा ५० हजार घरधुरी हुन सक्ने अनुमान गरेको छ।

राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण कार्य गरिएको थियो। बैतडीमा घरपरिवार सूचीकरणका लागि ८० जना सुपरीवेक्षक परिचालन गरिएको छ। मूल जनगणना कार्तिक २५ देखि मंसिर ९ गते सम्म सञ्चालन हुने जिल्ला जनगणना कार्यालय बैतडीले जनाएको छ। जनगणनाको लागि ३ सय १५ गणक खटाइने तयारी गरिएको  बताईएको छ।

प्रकाशित: २२ आश्विन २०७८ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App