coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

राष्ट्रिय जनगणनामा भोजपुरीसँग झेल भएको आरोप

भोजपुरी प्रतिष्ठान, वीरगन्जको कार्यालय उद्घाटन कार्यक्रम । तस्बिरः रितेश त्रिपाठी

नेपालको राष्ट्रिय जनगणनामा भोजपुरी भाषासंग झेल भएको भोजपुरीका साहित्यकार अभियन्ताले आरोप लगाएका छन् । साबिक रुपमा नेपाली र मैथलीपछि भोजपुरी नेपालमा बोलिने तेस्रो सबैभन्दा ठूलो भाषा भए पनि यसको संख्या जनगणनामा घटाउन खेल भएको पाइएको उनीहरुको भनाइ छ । वीरगन्ज–८ गहवामा आयोजित भोजपुरी प्रतिष्ठान, वीरगन्जको कार्यालय उद्घाटन कार्यक्रमका दौरान यस्तो विषय उठान गरिएको हो ।  

प्रतिष्ठानका संरक्षक समेत रहेका वीरगन्जका नगरप्रमुख विजयकुमार सरावगीले भोजपुरी भाषा आफैमा निकै समृद्ध रहे पनि उपेक्षाको शिकार भएको बताए । भोजपुरीभाषी क्षेत्रबाट नै यसको ओज र गरिमा पुनर्स्थापित हुन जरुरी रहेकोले वीरगन्ज महानगरपालिकाले ऐन निर्माण गरेर भोजपुरीमा काम गर्नका लागि प्रतिष्ठान नै खडा गरेको बताए । अहिले राष्ट्रिय जनगणनामा भोजपुरी भाषाको संख्या कम देखाउने गरी ‘तथ्यांकीय गडबडी हुने सम्भावना रहेकोले यसप्रति चनाखो रह्न’ कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै उनले अह्वान गरे ।  

कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीले आश्चर्यजनक रुपमा नेपालमा भोजपुरी भाषीको संख्या २०६८ सालमा भएको राष्ट्रिय जनगणनामा घटाइएको बताए । यसको बारेमा उनले तथ्यांक नै प्रस्तुत गरे । ‘राष्ट्रिय जनगणना २०४८ अनुसार भोजपुरी भाषीको जनसंख्या कुल जनसंख्याको ७.५०% थियो, २०५८ मा भोजपुरी भाषीको संख्यामा थोरै बृद्धि देखियो जसअनुसार कुल जनसंख्याको  ७.५३३% प्रतिशत भोजपुरी बोल्नेहरु देशमा रहेको देखियो । तर राष्ट्रिय जनगणना २०६८ मा आएर यो आचानक निकै कम भयो,’ द्विवेदीले भने, ‘२०६८ को जनगणना अनुसार भोजपुरी भाषीको संख्या घटेर ५.९८२२ प्रतिशतमा सिमित भएको छ । अहिले पनि देशको तेस्रो ठूलो भाष भए पनि आगामी दिनमा यसको संख्या खस्क्यो भने यो चौथो भाषा बन्न पुग्ने छ ।’

उनले षडयन्त्रपुर्वक भोजपुरीमाथी प्रहार भएको आरोप लगाए । २०५८ को जनगणना अनुसार देश को वार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत थियो । तर भोजपुरीभाषीको संख्या करिब २० प्रतिशत घटेको र  कुल जनसंख्यामा यसको हिस्सेदारी १.५५०८ प्रतिशतले कमि आएको घट्ना दुनियाकै भाषाको इतिहासमा अनौठो घट्ना भएको उनको भनाई छ । भोजपुरी बोल्नेको जनसंख्यामा कमी कसरी आयो भन्नेमा तथ्यांक बिभाग मौन रहेकोमा उनले आपति जनाए । त्यसतै २०५८ देखि २०६८ को बिच १० वर्षको दौरान नेपालमा ३३  वटा नयाँ भाषाको उदय भएको घट्ना पनि अनौठो र विश्वसतरीय भाषा बैज्ञानिकहरुका लागि सोधको विषय भएको उनले बताए । ‘एउटा भाषाले आकार लिन शताब्दिऔं लाग्ने गरेको छ, नेपालमा १० वर्षमैं ३३ भाषा जन्मियो,’ अध्यक्ष द्विवेदीले भने, ‘राष्ट्रिय जनगणना २०४८ अनुसार नेपालमा बोलिने भाषाको संख्या जम्मा ९१ थियो र २०५८ मा ९२ भयो । अनि, २०६८ को जनगणनामा नेपालमा बोलिने भाषाको संख्या अचानक बढेर १२५ भयो ।’ भाषाशास्त्रीले यो घटनालाई चमत्कार को रूप मा लिएको उनको भनाई छ ।  

भोजपुरी प्रतिष्ठानको नवउदघाटित कार्यालयमैं भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले भाषालाई जोगाउन सचेत हुनुपर्ने र यसको हकमा प्राज्ञिक तथा साहित्यिक गतिबिधहरु हुनु पर्ने बताए । महासंघका पर्सा अध्यक्ष अनुप तिवारी र वीरगन्ज महानगरपालिका नम्बर ८ का अध्यक्ष राजकिशोर कानुले भाषाको जगेर्नामा प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।  

जनगणना कुल जनसंख्यामा भोजपुरीको प्रतिशत नेपालमा भाषा संख्या

२०४८  ७.५०% ९१

२०५८  ७.५३३% ९२

२०६८  ५.९८२२% १२५

भोजपुरी प्रतिष्ठान, वीरगन्जले प्रस्तुग गरेको तथ्यांक

प्रकाशित: २१ आश्विन २०७८ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App