७ वैशाख २०८१ शुक्रबार
अर्थ

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्बको बजेट

लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट ल्याएको छ। आर्थिक वर्ष ०७७/०७८ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गरेका हुन्। प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याएको हो। प्रतिपक्ष दल एमालेको बिरोधका बाबजुद बुधबार दिउँसो १ बजे बसेको प्रदेशसभाको आठौं बैठकमा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। बुधबारै अपरान्ह ४ बजेको प्रदेशसभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरे।

कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार  र पूँजीगत तर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ विनीयोजन गरीएको छ।  चालुमा ३३.३१ प्रतिशत  र पुँजीगततर्फ ५४.८७ प्रतिशत छुट्याइएको छ।  ४ अर्ब ८४ करोड २३ लाख  अर्थात ११.८२ प्रतिशत बजेट स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ।  

साउन २७ गते शंकर पोखरेलले राजीनामा दिएपछि  साउन २८ गते सपथ लिएका गठबन्धन सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार गठनको २ महिनासम्म पनि नयाँ बजेट ल्याउन नसकेको भन्दै आलोचना भइरहेको थियो।  

‘समृद्ध प्रदेश आत्मनिर्भर’ प्रदेश भन्ने नाराका साथ केही नयाँ कार्यक्रम बजेटमा ल्याइएको छ।तर अधिकांश कार्यक्रमहरु भने पुराना छन। बजेटले स्वास्थ्य,शिक्षा,पर्यटन,कृषिलाइ प्राथमिकता दिएको छ। यसअघिको सरकारले ल्याएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका खारेज गरी  मुख्यमन्त्री शैक्षिक सुधार सिर्षकका नयाँ कार्यक्रम ल्याइएको छ।विकट क्षेत्रमा घरदैलौमा डाक्टर कार्यक्रम ल्याइएको छ।कोरोना नियन्त्रण र राहतकालागि विशेष कार्यक्रम ल्याइएको छ। 

१८ वर्ष माथिका सबैलाई कोभिड खोपको सुनिश्चित गर्न संघीय सरकारसँग समन्वय गर्ने भनिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब स्थापनाका लागि १० करोड छुटाइएको छ। मृगौला प्रत्यारोपण, मुटुको भल्ब फेर्ने, क्यान्सर रोग उपचारका लागि अतिरिक्त  २ लाखसम्म प्रदेश सरकारले प्रदान गर्ने बजेटमा उल्लेख छ।पर्यटन प्रर्बद्धनकालागि लुम्बिनीमा बहुसाँस्कृतिक डबली निर्माण,लुम्बिनी र स्वर्गद्धारीमा निजी क्षेत्रसंगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामाग्री उत्पादन सम्बन्धि उद्योग स्थापना सम्बन्धि सम्भाव्यता अध्ययन गर्न वजेट विनीयोजन गरीएको छ। 

प्रदेश परियोजना बैंक स्थापना,हरेक जिल्लामा सुलभ पसल सञ्चालन,जेष्ठ नागरिक आवासग्राम नयाँ कार्यक्रमहरुलाइ बजेटमा समेटिएको छ। पत्रकारहरुको दुर्घटना विमा कार्यक्रम कार्यान्वयन तथा पत्रकार र पत्रकारीता क्षेत्रको विकासकालागि बजेट विनीयोजन गरीएको छ।  

प्रकाशित: २१ आश्विन २०७८ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App