१५ चैत्र २०८० बिहीबार
अर्थ

बजाज एक्सचेन्ज महामेला

नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महामेला अफर ल्याएको छ। यो अफर असोज २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा लागु हुनेछ।

अफरमा ग्राहकले कुनै पनि ब्रान्डका पुराना बाइक लिएर आउन सक्नेछन् र नयाँ बजाज बाइक लिएर जानेछन्। यसमा १८ भन्दा बढी भ्यालुएटरहरू रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रूपैयाँ थप गरी दिइनेछ।

साथै बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्ट मा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ।

एक भाग्यशाली विजेताले सामसुङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनेछन्। बजाजले ‘बजाज खुसीको ३ डोज’ नामक आफ्नो दसैं अभियान सफलतापूर्वक चलाइरहेको छ। यस अफरमा बजाज मोटरसाइकल किन्दा नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्। ग्राहकले बाइक किन्नुभन्दा पहिले १९ हजार रूपैयाँसम्मको अग्रिम नगद र खरिदको दौरान १० लाख रूपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन्। बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रूपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २० आश्विन २०७८ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App