८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्स र लुजा मेकअपबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबिच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। 

सम्झौताअनुसार बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीले लुजा मेकअपका विभिन्न सेवामा विशेष छुट पाउनेछन्।  

हालसम्म बैंकका डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्ड आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ। 

मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायत व्यवस्था गरेको बैंकले जनाएको छ ।

 

प्रकाशित: १९ आश्विन २०७८ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App