८ वैशाख २०८१ शनिबार
अर्थ

स्वीस लागानी भित्र्याउन सहजीकरण गर्न आग्रह

उद्योग संगठन मोरङले नेपालका लागी स्वीस राजदुत एलिजाबेथ क्यापेलरसँग स्वीस लगानी नेपाल भित्र्याउन पहल गरिदिन आग्रह गरेको छ। औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा छलफल गर्न विराटनगर आएकी राजुदुत क्यापेलरसँग स्वीस लगानी नेपाल भित्र्याउन पहल गरिदिन उद्योग संगठन मोरङले आग्रह गरेको हो।  

उद्योग संगठन मोरङको कार्यसममिति र स्वीस राजदुतबीच संगठनको सचिवालयमा आज भएको भेटघाटमा स्विटजरलैण्ड र नेपालबीच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रम लगायतका बिषयमा राजदुत क्यापेलरले छलफल गरेकी थिइन्।  

उद्योग संगठनले अघि बढाएका कार्यक्रमहरुको प्रस्तुतीकरण सुनिसकेपछि राजदुत क्यापेलरले स्वीस सरकारले धेरै पहिलेदेखि स्थानीय संस्थाहरुसंग यस्तै कार्यक्रमको अपेक्षा गरेको बताइन्। उनले संगठनले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी तालिमको उपादेयताका बारेमा जिज्ञासा राख्दै उद्योगी आफैले प्रशिक्षार्थी छनौट गर्ने व्यवस्था नहुन्जेल यस्तो तालिम उपलब्धीमुलक नहुने भएकोले यस्का लागि पहल गर्न संगठनलाई आग्रह गरिन्।  

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदुत क्याम्पेलरलाई संगठनमा स्वागत गर्दै नेपालमा स्वीस लगानी भित्राउन, प्रविधि तथा ज्ञान आदान प्रदान गर्न, संगठन र स्वीस चेम्बरहरुसंग सहकार्य गर्नका लागि सहजिकरण गरिदिन अनुरोध गरेका थिए।

अध्यक्ष प्याकुरेलले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम संगठनको प्राथमिकताको रहेको भन्दै उद्योगलाई चाहिने जनशक्ती उद्योगले नै तयार गर्ने बिषयमा संगठन प्रष्ट रहेको उल्लेख गरे। कार्यक्रममा संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, कोषाध्यक्ष बिपिन काबरा, कार्यसमिति समिति सदस्य सुरेन्द्र गोल्छा, सञ्जय कुमार अग्रवाल, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, शौरभ सारडा, सुदिप घिमिरे लगायत स्वीस राजदुतावासका बरिष्ठ कर्मचारीहरुकोे सहभागिता थियो।

प्रकाशित: १८ आश्विन २०७८ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App