coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डेढ वर्षपछि सिमानाकाबाट गाडी प्रवेश

लकडाउनसँगै सिमा आवागमनमा लगाइएको रोक हटेको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ११ देखि सरकारको निर्णयअनुसार लागू लकडाउनसँगै सिमा आवागमनमा पनि रोक लगाइएको थियो।

डेढ वर्षपछि वीरगन्ज भन्सार नाका भएर शुक्रबार बिहानदेखि गाडी प्रवेश सुरु भएको छ। भन्सार कार्यालयले भारतीय सवारीको अस्थायी प्रवेशको लागि भन्सार काट्न थालेपछि रक्सौल वीरगन्ज सिमानाकाबाट भारतीय निजी सवारी साधनको आवागमन शुक्रबार बिहानदेखि सुचारु भएको हो। नेपालकै मुख्य प्रवेश बिन्दूको रुपमा रहेको शंकराचार्य द्वारमा औपचारिक कार्यक्रमकाबीच सिमानाकाबाट भारतीय निजी सवारीको आवागमन सुचारु भएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताए। 

लामो अन्तरालपछि भित्रिने भारतीय पाहुनाहरुको स्वागतका लागि होटेल तथा पर्यटन व्यवसायी संघ, पर्सा वीरगन्जको निम्तोमा त्यहाँ पुगेका थिए। भारतबाट प्रवेश गर्ने पहिलो सवारीका चालकसहित सवारीमा सवार भएकाहरुलाई फूलमाला लगाएर स्वागत गरिएको थियो।

नगरप्रमुख सरावगीले पैदल यात्रुहरुको आवागमन यसअघि पनि भइरहेको र गाडीहरुको प्रवेशमात्र रोकिएको अवस्था अन्त भएकोमा खुसी व्यक्त गरे। कोरोना रोकथामको लागि भनेर गाडीलाई रोक्ने र मानिसहरुलाई आउन दिने बिगतको सरकारको अदूरदर्शी निर्णय वर्तमान सरकारले सच्याएकोमा नगरप्रमुख सरावगीले धन्यवाद समेत दिए।

नगरप्रमुख सरावगीले आगामी दिनमा नाका बन्द गर्नुभन्दा संघीय सरकारले विकल्पको बारेमा सोच्नुपर्ने बताए। दुबैतिरका मानिसहरुलाई आवतजावतमा असहजता भइरहेको हुँदा अब त्यसतो समस्या हटेको सरावगीले बताए। नेपाल सरकारले औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको १० दिनपछि निजी तथा भाडाका भारतीय कार जिपलगायत सवारी नेपाल प्रवेश गर्न औपचारिक बाटो खुलको हो। 

प्रकाशित: १५ आश्विन २०७८ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App