coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रिस्टीन भ्यालीको लापरवाहीले सुक्खा बन्दरगाहमा जाम

भारतीय रेल्वे संजालसँग अन्तर्राष्ट्रिय समुद्री व्यापारमार्गसँग जोडिएको देशको एकमात्र संरचना, वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह यतिखेर नराम्ररी ‘कन्टेनर कन्जेशन’ अर्थात् जाममा परेको छ। सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनी प्रिस्टीन भ्याली ड्राइपोर्ट प्रालिको लापारवाहीको कारण यस्तो जाम भएको आयातकर्ताहरुले बताएका छन्।

सुक्खा बन्दरगाहको क्षमता एक पटकमा साढे १५ सय कन्टेनर ह्याण्डिल गर्ने रहेकोमा अहिले खाली कन्टेनरमात्र त्यसभन्दा बढी छ। करिब त्यतिकै संख्यामा त्यहाँ भर्ती कन्टेनर पनि छ। अहिले कन्टेनर मुनी कन्टेनर थिचिएर त्यसलाई निकाल्न निकै समय लागि रहेको सुुक्खा बन्दरागाह भन्सार कार्यालयमा भेंटिएका भन्सार क्लियरिङ्ग एजेन्टहरुले जानकारी दिए। सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनी प्रिस्टीन भ्यालीका अप्रेसन म्यानेजर अतुलकुमार शर्माले पनि डेढ हजार भन्दा बढी खालि कन्टेनर सुक्खा बन्दरगाहमा थन्किएपछि यसको संचालनमा असहजता सिर्जना भएको बताए। उनले जाम सम्बन्धी तथ्यांक भने लुकाउन कोसिश गर्दै आएका छन्।  

अप्रेसन इन्चार्ज रहेकोले शर्माकै लापरवाहीले गर्दास सुक्खा बन्दरगाहमा काम गर्ने मानिसहरुको लागि जोखिम दोब्बर हुनेगरी त्यहाँ जाम सिर्जना भएको त्यहाँ काम गर्नेहरुको भनाइ छ। यसै कारणले गर्दा शर्माले यसको बिवरण लुकाउने प्रयासरत देखिएका हुन। ‘हो जाम भएको हो, हामीलाई यसले गर्दा समस्या पनि भइरहेको छ,’ नागरिकसँग कुरा गर्दै उनले सकार गरे, ‘अहिले एक हजार ५ सयबढी खाली कन्टेनर सक्खा बन्दरगाहबाट फिर्ता जान नपाएर यस्तो जाम भएको हो। मपछि यकिन तथ्यांक दिन्छु।’

खाली कन्टेनरहरु फिर्ता पठाउन नसकिएर त्यसबाट भएको जामको कारण उत्पन्न असहजताले व्यापार तथा पारवाहनको शृंखला भङ्ग (रोटेशन ब्रेक) भएको व्यापारी बताउँछन्। संचालक कम्पनी प्रिस्टीन भ्याली ड्राइपोर्ट र सुक्खा बन्दरगाहसम्म कन्टेनर ढुवानी गर्दै आएको भारतीय रेल्वेको भगिनी सिंस्था कन्टेनर कर्पोरेशन इण्डिया (कन्कोर) बिच तालमेल बिग्रेको छ। यसले गर्दा जाम र जामपछि ‘रोटेशन ब्रेक’ भएपछि सुक्खा बन्दरगाहबाट हुने व्यापारलाई पुनः लयमा ल्याउन समय लाग्ने व्यापारी वर्गको आँकलन छ।

यार्डमा रहेका भर्ती कन्टेनर अहिले चाहेको बेला आयातकर्ताले बेलैमा निकाल्न पाइरहेका छैनन्। यसले गर्दा व्यापारीहरुको व्यापार र कच्चापदार्थ तथा औद्योगिक समग्री आयात गर्ने आयातकर्ताको उत्पादनमा असर परिरहेको बताइएको छ। 

प्रकाशित: १४ आश्विन २०७८ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App