१६ चैत्र २०८० शुक्रबार
अर्थ

आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित

लेउवासंघ १३ औं अधिवेशन

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनले छत्रधर आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आत्रेय सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा भने चुनाव भएको थियो । चुनाव शनिबार भएपनि मत गणना प्रक्रियामा देखिएको विवाद सोमबार विहान समाधान भएपछि मात्रै गणना गरिएको थियो । मत गणना भने सोमबार मध्यरातमा सकिएको थियो ।  

मत परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन । उनले आफ्ना प्रतिष्पर्धी भरतकुमार अधिकारीलाई ५८ मतले पछि पार्दै वरिष्ठ उपाध्यक्ष पदमा आफुलाई निर्वाचित गरेका हन् । उनले कुल ८ सय १ मत प्राप्त गरेका थिए भने उनका अधिकारीले ७ सय ४३ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्ष पदमा राजेन्द्र ओझा(८५६ मत) विजयी भएका छन । उनका प्रतिश्पर्धी प्रकाशलाल श्रेष्ठले ७०५ मत पाएका थिए । संघको द्वितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बाँस्तोला विजयी भएका छन ।

 बाँस्तोलाले कुल ८ सय ६० मत ल्याउँदा उनका प्रतिश्पर्धी शैलेन्द्रमोहन भटृराईले ७ सय ६ मत प्राप्त गरेका थिए । बाँस्तोला यस अघिका महासचिव हुन भने भटृराई कार्यसमिति सदस्य हुन । महासचिवमा उपेन्द्रराज सुवेदी(राजु)ले सर्वाधिक १ हजार १९ मत ल्याउँदै जिते । मेनुका श्रेष्ठले जम्मा ५ सय ५० मत मात्र प्राप्त गरिन । सुवेदी यसअघि संघका उप–महासचिव पदमा रहेका थिए भने श्रेष्ठ कार्यसमिति सदस्य रहेकी थिईन ।

लेखनाथ उद्योग वाणिज्य संघको ईतिहासमा पहिलो पटक पदाधिकारी बनेर ऐतीहासिक काम गरेकी जानुका अधिकारी प्रत्यासी धिरजकुमार श्रेष्ठलाई पराजित गर्दै उप–महासचिव पदमा निर्वाचित भएकी छिन । अधिकारीले ९ सय ३३ मत प्राप्त गर्दा श्रेष्ठले ६ सय ३३ मत पाइन । कोषाध्यक्षमा भरतराज ओझाले प्रतिष्पर्धी रामजी पौडेललाई पराजित गरेका हुन् । ओझाले ७ सय ५७ मत ल्याउँदा उनका प्रतिष्पर्धी पौडेलले ६ सय ६२ मत प्राप्त गरेका थिए । 

सदस्य खुल्लातर्फ ८ सदस्यको लागि २० जनाको उम्मेद्वारी परेको थियो । सदस्यमा विक्रम कर्माचार्य, बुद्धिप्रसाद बाँस्तोला, ध्रुवबाबु भटृराई, ईन्दिरा रोका, जीवन तिवारी, भरत थापा, पुष्पमणी भण्डारी र हरी बस्ताकोटी रहेका छन । महिला सदस्यमा उम्मेदवारी दिएका ५ जना मध्येबाट २ जना विजयी भएका छन । गंगाकुमारी मल्ल रञ्जना बरालले ७ सय ९१ मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित भएको निर्वाचन कमिटिले जानकारी गरायो । यसैगरी संघको अध्यक्ष छत्रधर आत्रेयसहित संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निर्विरोध भएका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मध्यरातमै प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रकाशित: ५ आश्विन २०७८ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App