coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लेउवासंघ अधिवेशनः छापिएको र खसेको मतपत्र फरक परेपछि विवाद

शनिबार लेखनाथ उद्योग वाणिज्य संघको चुनावी अभियानमा सहभागि मतदाता तथा चुनावपछि मतपेटिका सिलबन्दी गरिदैं । तस्बिर फाईलः नागरिक

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनमा विवाद शुरु भएको छ । विवादकै कारण मतगणना कार्य शुरु हुन सकेको छैन् । छापिएको मत पत्र, खसेको मत र बाँकी रहेको मत पत्र फरक परेपछि विवाद उत्पन्न भएको छ । उत्पन्न विवाद समाधान नभएपछि आईतबार मतगणना हुने सम्भावना देखिदैन् ।  

शनिबार साँझ ५ बजे मतदान प्रक्रिया टुंगिएको थियो । मतदानमा १ हजार ६ सय १७ मत खसेको तथ्यांक दिएपनि निर्वाचन समितिले साँझ मतगणना गर्ने समयमा खसेको मत यकिन नहँदा मतगणना स्थागित भएको हो । अध्यक्षसँगै संस्थागत र एशोसियट सदस्य भने निर्विरोध भईसकेका छन् । अध्यक्षमा छत्रधर आत्रेय, एशोसियटमा मेघराज पौडेल र संस्थागतमा राम गुरुङ सर्वसम्मत भईसकेका छन् ।

‘छापिएको मतपत्र र खसेको मतमा देखिएको भिन्नता विवाद उत्पन्न भएको छ,’ संघका सर्वसम्मत बनिसकेका अध्यक्ष छत्रधर आत्रेयले भने, ‘सोमबार विहान गणना गर्ने योजना छ । मतगणनाको लागि पदाधिकारी र सदस्य उम्मेद्वार बीच बैठक बसेर विवाद टुग्याउँछौं ।’ उनका अनुसार आठवटा मतपत्रले विवाद उत्पन्न भएको छ । ‘छापिएको र खसेको मतमा आठ मत फरक आयो त्यसले विवाद सिर्जना भयो,’ उनले थपे, ‘त्यो विवादलाई पदाधिकारीका उम्मेदवार र सदस्यका उम्मेदवारको छुट्टाछुट्टै बैठक बसेर समाधान निकाल्ने छौं ।’  

मतपत्र १८ सय छापिएको उनले जानकारी दिए । उद्योग वाणिज्य संघमा १ हजार ७ सय ३६ सदस्य आवद्ध छन् । १ हजार ६ सय १७ मत खसेको थियो । बाँकी १८३ मतपत्र बाँकी हुनुपर्ने थियो । ९ वटा मतपत्र मध्ये एक मतपत्र मुचुल्का उठाउने बेला च्यातिएको अवस्थामा भेटिएको छ । बाँकी ८ मत पत्रले विवाद सिर्जना हुँदा गणना हुन नसकेको अध्यक्ष आत्रेयले प्रष्ट्याए ।  

‘पदाधिकारीको मतदानमा कम मतपत्र भेटियो । विवाद नै त्यहीँबाट शुरु भयो’ उनले भने, ‘पदाधिकारीमा देखिएको विवाद समाधान गर्न बैठक बस्दै छौं । बैठक पछि नै गणना गर्ने तयारी गरिने छ ।’ अध्यक्ष आत्रेयका अनुसार सोमबार विहान मत गणना शुरु गरिने लक्ष्यसहित विवादलाई सल्ट्याउने प्रयास भईरहेको छ । उनका अनुसार विवाद र समस्याको बारेमा पदाधिकारी र सदस्यहरुलाई छुट्टा छुट्टै बैठक बसेर समस्याको बारेमा स्पष्ट हुदैं निर्णयमा पुगिने छ ।  

संघको अध्यक्ष बरिष्ठ उपाध्यक्ष्मा भरत अधिकारी र विनोद कुमार श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठ भिडेका छन् । संघको द्वितीय उपाध्यक्ष पदमा शैलेन्द्रमोहन भट्टराई, गोपीचन्द्र बास्तोला एकापसका प्रतिस्पर्धी हुन् । महासचिवमा उपेन्द्रराज सुवेदी र मेनुका श्रेष्ठको प्रतिस्पर्धा छ । त्यसैगरी कोषाध्यक्षमा रामजी पौडेल, भरत ओझा र भीमबहादुर बि.क छन् । उपमहासचिवमा जानुका अधिकारी र धिरजकुमार श्रेष्ठ छन् । दुई महिला सदस्यको लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ८ सदस्य पदको लागि २० जनाले उम्मेदवारी दिएका छन् । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि मतदान गरिएको थियो ।  

प्रकाशित: ३ आश्विन २०७८ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App