८ वैशाख २०८१ शनिबार
अर्थ

सानिमाको दसैंविशेष योजना

बडादसैंको अवसरमा सानिमा बैंकले ग्राहकका लागि विशेष दसैं बम्पर योजना सुरु ल्याएको छ। 

असोज १ गतेदेखि लागु योजनाअन्तर्गत बैंकले व्यक्तिगत मुद्दती खातामा मासिक ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिने र खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो शेयर र डिम्याट खाता निःशुल्क प्रदान गर्ने जनाएको छ। 

साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याज प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपांगता भएमा १० लाख रूपैयाँसम्मको दुर्घटना बिमा, ३ लाख रूपैयाँबराबरको घातक रोगको बिमा, ५० हजार रूपैयाँबराबरको मेडिकल बिमालगायत सेवा प्रदान गरिने जारी विज्ञपप्तिमा उल्लेख छ।

प्रकाशित: ३ आश्विन २०७८ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App