८ वैशाख २०८१ शनिबार
अर्थ

विराटनगरमा नेल आर्ट सुरु

विराटनगरमा ‘सिमी नेल्ड इट’को कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले उद्घाटन गर्दै । तस्बिरः चुमन/नागरिक

विराटनगरमा पहिलो पटक नेल आर्ट सञ्चालनमा आएको छ। विराटनगर–९ मेनरोडमा शनिबारदेखि नेल आर्ट सञ्चालनमा आएको हो।

विराटनगरकी सिम्रन श्रेष्ठले सञ्चालनमा ल्याएको ‘सिमी नेल्ड इट’को कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले उद्घाटन गरेका छन्। विराटनगरमा पहिलो पटक नेल आर्ट सञ्चालनमा ल्याएको दाबी गरिएको छ।

नङमा विभिन्न रङ लगाएर आफूलाई मनपर्ने बुट्टा, हाँगाका साथै अन्य आकृति कोर्नुलाई नेल आर्ट भनिन्छ। अहिले नेल आर्ट विदेशमा मात्र नभएर नेपालमा पनि निकै लोकप्रिय हुन थालेको छ। ‘नेल इट गर्नुपर्‍यो भने काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ,’ सिम्रन श्रेष्ठले भनिन्, ‘सौन्दर्य क्षेत्रमा दुई दशक लामो अनुभव भएकी मेरी आमासँग मिलेर नेल इट खोलेकी हुँ।’

सिम्रनले नेल आर्टको ६ महिनाको डिप्लोमा कार्ष गरेपछि करिब १५ लाख रूपैयाँको लगानीमा नेल आर्ट सञ्चालनमा ल्याएको हो। नङलाई विभिन्न रङ–रूप दिएर लामो, चेप्टो वा यु सेप दिएर कृत्रिम नङ जोड्ने चलन फेसनका रूपमा छ। नेल आर्ट २५ भन्दा बढी शैलीमा गर्न सकिने र नेपालमा ५ प्रकारका शैली चल्तीमा छन्।

प्रकाशित: २ आश्विन २०७८ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App