६ वैशाख २०८१ बिहीबार
अर्थ

सहकारीद्वारा सश्वर वाचन प्रतियोगिता

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सश्वर वाचन प्रतियोगिता गरेको छ। सहकारीको युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा संस्थाका बाल सदस्यहरुबीच भएको सो प्रतियोगिता भएको हो। प्रतियोगितामा कक्षा ३ देखि ५ सम्मको समूहमा अजय क्यूसन कोजु प्रथम, यूनिका कोजु द्धितीय र स्वयम मानन्धर तृतीय भएका छन् भने कक्षा ६ र ७ समूहमा  प्रिया शाक्य प्रथम, रुविशा देशेमरु द्धितीय तथा श्रेयस सुवाल तृतीय भएका छन्। त्यसैगरी कक्षा ८ देखि १० सम्मको समूहमा आयुषा तुकंबन्जार प्रथम, रुषा देशेमरु द्धितीय र सृजल खर्वुजा तृतीय भएको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तीय कारोबारमात्र नभइ सदस्य केन्द्रीत विभिन्न तालिम, कार्यक्रम सहकारी भ्रमणहरु गर्दै लैजानु पर्नेमा जोड दिए। उनले लोकेश्वर सहकारी संस्थाले विगतका दिनहरुदेखि नै सदस्यहरुको व्यक्तित्व विकास हुने विभिन्न सीपमूलक तालिमहरुलाई निरन्तरता दिइरहेको बताए।  

भक्तपुर नगरपालिका वडा नं. २ का जन प्रतिनिधि सदस्य श्याम सुन्दर मातांले बाल बचत कर्ताहरुबीच विभिन्न्न किसिमका प्रतियोगिताहरु निरन्तर रुपमा गर्दै जानुपर्नेमा जोड दिए। निर्णायकको भूमिकामा रहेका नेपाली विषयका पारसमणी खतिवडाले समुदायमा आधारित सहकारी संस्थाहरुले यस्ता पृथक किसिमको प्रतियोगिताले विद्यार्थीहरुको नेपाली भाषामा शुद्धता ल्याउन मद्दत पुग्ने बताए।

संस्थाका संचालक सदस्य एवं युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त कार्यक्रममा उप–समितिका सदस्यद्धय कल्पना द्योपाला र  इन्द्रभक्त पंचले पनि प्रतियोगिताको महत्वबारे चर्चा गरे। प्रतियोगितामा ३१ जना बाल सदस्यहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २ आश्विन २०७८ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App