१६ चैत्र २०८० शुक्रबार
अर्थ

'सजिलो पे' को धमाका अफर

चाडपर्वलाई लक्षित गर्दै 'सजिलो पे' ले टप अपमा आकर्षक छुटको अफर ग्राहकमाझ लिएर आएको छ। नेपालीहरुको महानचाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व नजिकिदै जाँदा आफ्ना ग्राहकहरुको लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक (पि.एस.पि), सजिलो पे मोबाइल टप अपमा विशेष छुटको अफर ल्याएको हो।

यस अफर अन्तर्गत सेवाग्राहीले नेपाल टेलिकम (एन.टि.सि), एनसेल, तथा स्मार्ट सेल लगायत अन्य कुनै पनि टेलिकम कम्पनीको नम्बरमा सजिलो पे को माध्यमबाट टप अप गर्दा ४ प्रतिशत आकर्षक क्यासब्याक प्राप्त गर्नेछन्। यस अफर आजको मिति अर्थात २०७८–०५–३१ बाट प्रारम्भ भएर ठिक १ महिना अवधिसम्म निरन्तर रहनेछ भने यो अफरको “सजिलो पे” मा केवाइसि प्रमाणित गरेका अथवा नगरेका सबै सेवाग्राहीहरुले उपभोग गर्न पाउने कम्पनिले जनाएकाने छ। यो अफर “सजिलो पे” का ग्राहकका लागि मात्र सिमित रहेको छ भने एजेन्टहरुका लागि कुनै पनि किसिमको अफर रहेको छैन, अर्थात एजेन्टहरुले ४ प्रतिशत क्यास्ब्याकको अफर प्राप्त गर्ने छैनन्।

“सजिलो पे” नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक (पि.एस.पि) हो जसले मोबाइल एपको माध्यमबाट ग्राहकले गर्नुपर्ने तत्काल भुक्तानीका लागि विभिन्न डिजिटल च्यानल र प्रणाली मार्फत डिजिटल भुक्तानी सेवा सुविधा प्रदान गर्दछ । “सजिलो पे“ यस क्षेत्रमा प्रवेश गर्नुको मुख्य उद्देश्य भनेको नेपालका दुर्गम र ग्रामीण भागहरुमा डिजिटल भुक्तानी टेक्नोलोजीको प्रचार गर्दै त्यहाँका पिछडिएका मानिसहरुलाइ डिजिटल भुक्तानी प्रविधि मैत्री बनाउँदै नेपाल सरकारको डिजिटल नेपाल अवधारणामा टेवा पुर्याउने रहेको छ।

'सजिलो पे' ले आफ्नो सेवाको सुरुवात डिजिटल वालेटको रुपमा गरेको छ र यसको सेवा उपयोग गर्न ग्राहकले 'सजिलो पे' को मोबाइल एपमा गई सामान्य व्याक्तिगत विवरणहरु भरेर दर्ता हुनु पर्ने छ। त्यस्पछि यसमा विभिन्न माध्यमहरु जस्तै ई बैंकिंग, मोबाइल बैंकिंग, कनेक्ट आइ पी. एस., विदेशबाट रेमिटेन्स, नेपाली डेबिट/ क्रेडिट कार्ड र आफ्नो बैंक खाताबाट सिधै लिङ्क गरेर यसमा पैसा जम्मा गर्न सकिनेछ।

उक्त जम्मा भएको पैसाबाट विभिन्न सेवाहरू जस्तै, सरकारी उपयोगिताहरू– पानी, विद्युत, नागरिक लगानी कोष, कर कार्यालय, ट्राफिक फाइन, लोकसेवा, राहदानी भुक्तान, दूरसंचार (एन.टी.सी., एनसेल, स्मार्ट सेल,इन्टरनेट (वर्ल्ड लिंक, सुबिसु, भायनेट, क्लासिक टेक, लूप नेटवर्क, वेब सरफर र २०+ अन्य नेट सर्भिस प्रदायकहरु रहेकाछन्।

त्यस्तै सजिलो पे ले तीजको उपलक्ष्यमा ल्याएको महिला लक्षित अफरको समय असोज ४ गते सम्म रहेको छ। यस अफरको बिजेताले एउटा स्मार्टफोन र अन्य १० जनाले  १,००० प्राप्त गर्नेछ। उक्त योजनामा सहभागी हुन महिलाहरुले तीजको फोटो अपलोड गर्नुपर्नेछ र फेसबुकमा पोष्ट गरी पाँच जना साथीलाई ट्याग गरी १५ जना साथीलाई सजिलो पेको फेसबूक पेज लाईक गर्नअनुरोध गर्नुपर्ने समेत उक्त अफरको नियम रहेको छ।

प्रकाशित: १ आश्विन २०७८ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App