coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गौरवका सडक आयोजनाको प्रगतिः कतै उत्साहजनक,कतै निराशाजनक

गत आर्थिक वर्ष पूर्वाधार निर्माणको मुख्य सिजनमै कोभिड–१९ को दोस्रो लहर सुरु भयो। दोस्रो लहरले झण्डै दुई महिना मुलुकभर निषेधाज्ञा जारी भयो। तैपनि गत आवमा सडककाराष्ट्रिय गौरव आयोजनाले सन्तोषजनक प्रगति भएको दाबी गरेका छन्।  

वर्षाैंदेखि निर्माण सम्पन्न नभएका गौरवका सडक आयोजनाले गत वर्ष औसत प्रगति गरेको सडक विभागको प्रतिवेदनले देखाएको छ। विभाग अन्तर्गतराष्ट्रिय गौरवका ५ वटा आयोजना छन्। गत आवमा मध्यपहाडी लोकमार्गर हुलाकीराजमार्गले सन्तोषजनक प्रगति गरे पनि बाँकीको प्रगति उत्साहजनक छैन।  

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले गत आवमा विभागले १४ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यराखेकामा ११ सय ९० किलोमिटर कालोपत्रे भएको बताए। ‘कोभिड–१९ का बाबजुद गत आर्थिक वर्षमा लक्ष्यको करिब ८५ प्रतिशत सडक कालोपत्रे गरेका छौं,’ उनले भने, ‘कोभिड संक्रमण नबढेको भए कालोपत्रेको प्रतिशत अझै बढ्ने थियो।’  

विभागका अनुसार गत आवमा तीन सय पुल निर्माण गर्ने लक्ष्यमा ६४ प्रतिशत काम भएको छ। अर्थात १९२ पुल निर्माण भएका छन्। पुष्पलाल लोकमार्ग, हुलाकीराजमार्ग, कालीगण्डकी करिडोर, कोसी करिडोर, कर्णाली करिडोर लगायत आयोजनाराष्ट्रिय गौरवमा सूचीकृत छन्।  

तीमध्ये हुलाकीराजमार्गको गत आर्थिक वर्षको अन्त्यसम्म समष्टिगत भौतिक प्रगति ६८ प्रतिशत छ। विभागका अनुसार हालसम्म यो आयोजनामा ४५.५३ अर्ब रूपैयाँ खर्च भएको छ। यो लक्ष्यको ६९.८३ प्रतिशत हो। यस अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये हालसम्म ७३७ किलोमिटरको कालोपत्रे सकिएको छ।  

तराई क्षेत्रमारहेको हुलाकी मार्गलाई स्तरोन्नति गरी पूर्व–पश्चिम जोड्ने वैकल्पिकराजमार्गको रूपमा विकास गर्ने उद्देश्यले आर्थिक वर्ष ०६५/६६ मा यो आयोजना सुरु गरिएको हो। हुलाकीराजमार्ग अन्तर्गत २१९ वटा पक्की पुल निर्माण गर्नुपर्नेमा सयवटा निर्माण सम्पन्न भइसकेका छन्। ११९ पुल निर्माण हुन बाँकी छ। विभागको प्रतिवेदन अनुसार योराजमार्गको ६३९ किलोमिटर निर्माणाधीन अवस्थामा छ।  

आर्थिक वर्ष २०७७/७८ मा हुलाकीराजमार्ग अन्तर्गत २६० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य थियो। तर हुलाकी आयोजना निर्देशनालयले कोभिड–१९र ठेकेदारको ढिलासुस्ती देखाउँदै वार्षिक लक्ष्य अनुसार कालोपत्रे गर्न नसकेको जनाएको छ। आयोजनाले गत आवमा २२५ किलोमिटर मात्रै कालोपत्रे गरेको छ। गत आवमा ४७ किलोमिटर सडक ग्राभेलर १५ वटा पुल निर्माण गर्ने लक्ष्यमा ग्राभेल लक्ष्य अनुसारै भए पनि पुल निर्माण लक्ष्य अनुसार भएन। निर्देशनालयले गत आवमा ५ वटा पुल मात्रै निर्माण सम्पन्न गरेको छ।  

सडक विभागको प्रतिवेदनअनुसार हुलाकीराजमार्ग आयोजनाले गत आवमा वार्षिक लक्ष्यको ९४.४६ प्रतिशत भौतिकर ९५.८४ प्रतिशत वित्तीय प्रगति गरेको छ। सरकारले यो आयोजनाको लागि गत आवमा १० अर्ब ५७ करोड ७ लाख रूपैयाँ विनियोजन गरेकोमा १० अर्ब १३ करोड रूपैयाँ खर्च गरेको छ। सरकारले यो आयोजना आर्थिक वर्ष २०७९/८० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यराखेको छ। ४७ अर्ब २४ करोड रूपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोमा बढेर ६५ अर्र्ब २० करोड रूपैयाँ पुगेको छ।  

कर्णाली करिडोरको ट्र्याक खोल्ने काम कछुवा गतिमा

कर्णाली करिडोर अन्तर्गत ट्र्याक खोल्ने काम कछुवा गतिमा अघि बढेको छ। सरकारले कर्णाली करिडोर अन्तर्गतको हिल्सा–सिमिकोट खण्डको ट्र्याक निर्माण गर्ने ठेक्का नेपाली सेनालाई दिएको छ। ठेक्का सम्झौतामा यो आयोजना आर्थिक वर्ष २०६५/६६ मा सुरू भई आर्थिक वर्ष २०७०÷७१ मा सम्पन्‍‌न हुने लक्ष्यराखिएकोमा अहिले आर्थिक वर्ष २०७९/८० मा सम्पन्‍‌न हुने गरी म्याद थप गरिएको छ।  

सरकारले उत्तर–दक्षिण (कर्णाली करिडोर) लोकमार्ग अन्तर्गत खुलालु (सिमिकोट)–हुम्ला खण्डमा करिब १९६ किलोमिटरर हिल्सा सिमिकोट खण्डमा (हुम्ला) ८८ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यराखेको थियो। यो आयोजनाको आर्थिक वर्ष २०६५/६६ देखि सुरू भई आर्थिक वर्ष २०७०÷७१ मा सम्पन्‍‌न हुने लक्ष्यराखिएकोमा संशोधित कार्य तालिका बमोजिम आर्थिक वर्ष २०७९÷८० मा सम्पन्‍‌न हुने गरी म्याद थप गरिएको छ।

आयोजनाको कुल लागत चार अर्ब १० करोडरहेको छ। १४५ किलोमिटरमध्ये हिल्सा सिमिकोटको १३५ किलोमिटर सडकको ट्र्याक खन्ने काम भएको छ। यो सडक खण्डको भौतिक प्रगति २८ प्रतिशत छ। यो आयोजनामा हालसम्म १.१३ अर्ब रूपैयाँ अर्थात २७.६ प्रतिशत वित्तीय प्रगति भएको छ। त्यसैगरी, सिमिकोट सलिसल्ला खण्डमध्ये ५० किलोमिटर सडक ट्र्याक निर्माण तथा पुल निर्माण चारवटा काम भएको प्रतिवेदनमा उल्लेख छ।  

उत्तर–दक्षिण लोकमार्गको प्रगति २४ प्रतिशत

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर–दक्षिण (कोसी) लोकमार्गको हालसम्मको प्रगति २४ प्रतिशत छ। १६२ किलोमिटरमध्ये आयोजनाको सम्पूर्ण ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। ६८ किलोमिटर सडक ग्राभेल भएको छ। चारवटा पुल निर्माण सम्पन्न भइसकेको छ। यो आयोजनाको बाँकी १४ किलोमिटर ट्र्याक खन्ने काम नेपाली सेनाले गरिरहेको छ। सरकारले उत्तर–दक्षिण कोसी लोकमार्गको निर्माण आर्थिक वर्ष २०६५/६६ मा सुरू गरेको थियो। 

यो आयोजनाले तेह्रथुम जिल्लाको बसन्तपुरदेखि उत्तरी सिमाना किमाथांकासम्म १८६ किलोमिटर सडक निर्माण एवं स्तरोन्‍नति गर्ने लक्ष्य लिएको छ। यो आयोजनाको लागत १६.२० अर्ब लागत अनुमान गरिएको छ। यो आयोजना अन्तर्गतको कोसी करिडोर गत आवमा सात किलोमिटर ट्र्याक खन्नेर १७ किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्यराखिएकोमध्ये गत आवमा तीन सय मिटर मात्रै सडक कालोपत्रे भयो। १४ किलोमिटर सडक चौडा गरेको छ।

प्रकाशित: १७ भाद्र २०७८ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App