४ वैशाख २०८१ मंगलबार
अर्थ

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर सर्वसम्मत

१९ पदका लागि ४५ जनाको उम्मेद्वारी

अध्यक्षमा सर्वसम्मत चयन भएका छत्रधर आत्रेय ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उम्मेद्वारी परेको छ । संघको निर्वाचन तालिका अनुसार मंगलबार तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उम्मेद्वारी परेको हो । एकल उम्मेद्वारी परेसँगै उनी संघको अध्यक्षमा सर्वसम्मत भएका छन् । यद्दपी निर्वाचन समितिले उनलाई अध्यक्ष घोषणा गरिसकेको छैन ।

संघको अन्य पदमा भने निर्वाचन हुने भएको छ । अन्य पदमा बहु उम्मेद्वारी परेकाले चुनाव हुने भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ र अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारीले उम्मेद्वारी दर्ता गरेका छन् ।

त्यस्तै संघको प्रथम उपाध्यक्षका लागि राजेन्द्र ओझा र पुर्व द्वितीय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठले उम्मेद्वारी हालेका छन् । त्यस्तै, द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई र गोपिचन्द्र बास्तोलाले उम्मेद्वारी दर्ता गरेका छन् ।

संघको महासचिवमा वर्तमान उपमहासचिव उपेन्द्र सुवेदी (राजु) र कार्यसमिति सदस्य मेनुका श्रेष्ठले उम्मेद्वारी हालेका छन् । उपमहासचिवमा वर्तमान कार्यसमिति कोषाध्यक्ष जानुका पराजुली अधिकारी र कार्य समिती सदस्य धिरजकुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छन् ।

संघको कोषाध्यक्षमा ४ जनाले उम्मेद्वारी दिएका छन् । रामजी पौडेल, भीमबहादुर नेपाली ‘काईंला’, भरत ओझा र दिलकुमारी दाहाल ‘सन्ध्या’ले कोषाध्यक्षमा उम्मेद्वारी हालेका हुन् ।

संघको आठ खुल्ला सदस्य, दुई महिला सदस्य, एक संस्थागत सदस्य र एक एशोसिएट सदस्य गरि १२ पदका लागि ३० जनाको उम्मेद्वारी परेको छ । लेखनाथ उद्योग वाणिज्य संघमा १ हजार ७ सय ५१ व्यवसायी आबद्ध छन् ।

प्रकाशित: ८ भाद्र २०७८ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App