६ वैशाख २०८१ बिहीबार
अर्थ

फेरि बढ्यो पेट्रोल, ग्याससहित सबै इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य बढाएको हो।  

डिजेल, मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ वृद्धि गरेको छ। डिजेल, मट्टितेलको मूल्य लिटरको एक सय १३, रुपैयाँ पेट्रोलको एक सय ३० रुपैयाँ कायम गरेको छ। त्यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरको ८६ रुपैयाँ कायम भएको छ। हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा १६ डलरले वृद्धि गरी नयाँ बिक्री मूल्य प्रति लिटर सात सय ७० प्रति किलोलिटर पुर्‍याएको छ। 

खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेर सिलिन्डरको १४ सय ५० पुर्‍याएको छ। यो काठमाडौं उपत्यकाको मूल्य हो। वृद्धि भएको मूल्य सोमबार रातीबाट कार्यान्वनयमा आएको छ।

मूल्य समायोजन गर्दा पनि १५ दिनमा करिव ९६ करोड रुपैयाँ घाटा हुने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। उपाध्यायका अनुसार मूल्य वृद्धि गर्दा निगमलाई पेट्रोलमा प्रति लिटर आठ रुपैयाँ ४२ पैसा, डिजेलमा दुई रुपैयाँ ६४पैसा, एलपी ग्यासमा प्रति सिलिन्डर चार सय २० रुपैयाँ ७५ पैसा घाटा रहेको छ। मूल्य समायोजन गर्दा पनि भारतमा भन्दा नेपालमा इन्धन सस्तो रहेको निगमको दाबी छ। 

निगमका अनुसार भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल लिटरमा ४१ रुपैयाँ १९ पैसा, डिजेल लिटरमा ४४ रुपैयाँ चार पैसा सस्तो रहेको छ।

प्रकाशित: ७ भाद्र २०७८ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App