coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठेकेदारलाई फर्कन अवरोध भएपछि प्रधानमन्त्री कार्यालयका सचिव सिडिओ लिएर तामाकोसीमा

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाः

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा काम गरेको ठेकेदारलाई फर्किन बिभिन्न समूहसहित प्रशासनकै अवरोध भएको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने जिल्ला स्थित सुरक्षा अधिकारीहरुलाई लिएर शुक्रबार दिउँसो आयोजनास्थल पुगेका छन्।  

तामाकोसी आयोजनामा ११ वर्ष काम गरेर सम्पन्न गरेको मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाईड्रो कर्पोरेशनलाई आयोजनास्थलबाट फर्किन बिभिन्न समूह साथै सिडिओको आदेशमा प्रशासनकै अवरोध भएको खबर नागरिकन्युज अनलाईनमा प्रकाशित भएपछि शुक्रबार सचिव न्यौपाने जिल्लाका सिडिओ, डिएसपीसहितका सुरक्षा अधिकारीलाई लिएर आयोजनास्थल लामावगर पुगेका हुन्।

उनी बिहीबार जिल्ला आएका थिए। सचिव न्यौपाने आयोजनाकै निवासमा बस्नेछन्। उनले आफू सरकारी कामकै सिलसिलामा जिल्ला आएको सुनाए। ‘कोभिडसहित जिल्लाको वस्तुस्थिती बुझ्न हिजो बेलुकी दोलखा आईपुगेको थिएं’, उनले टेलिफोनमा नागरिकन्युजसंग भने, ‘राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पनि हेरौं र यसको अवस्था बुझौं भनेर आयोजनास्थल आएको हुँ।’

न्यौपानेले तामाकोसी आयोजना सम्पन्न भईसकेपछि पनि पछिल्लो समय देखिएका सबै समस्याबारे व्यवस्थापनसंग बसेर छलफल गर्ने समेत जानकारी दिए।  

सचिव न्यौपाने संगै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्लाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजाल, सशस्त्र प्रहरीका जिल्ला प्रमुख बुद्धिनारायण महर्जन लगायतका सुरक्षा अधिकारी छन्।

प्रकाशित: ५ भाद्र २०७८ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App