८ वैशाख २०८१ शनिबार
अर्थ

हिमालयन बैंक र डाइनर्स क्लबबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ।  

बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना एक सय ४६ एटिएम तथा पाँच हजारभन्दा बढी पस टर्मिनलमा स्वीकार गराउने लक्ष्य लिएको छ। यसबाट डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्किका गठबन्धन सञ्जालबाट जारी भएका कार्डधारकहरू नेपाल भ्रमण गर्दा हिमालयन बैंकको एटिएम तथा पस टर्मिनलका सञ्जालमा प्रयोग गर्न सक्नेछन्। त्यसका साथै दोस्रो चरणमा बैंकले उक्त कार्ड नेपालमा नै स्थानीयका लागि जारी गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ भाद्र २०७८ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App