coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको बताएका छन्। स्वदेश र विदेशमा मूल्य वृद्धिमा दबाब परिरहेको परिदृश्यलाई मध्यनजर गर्दै यस वर्ष मूल्य वृद्धिको लक्ष्य वृद्धि गरेको हो।

बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नयाँ व्यवस्था गरेको छ। मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपाली विदेशमा विप्रेषण बैंकिङ प्रणाली मार्फत भित्र्याउन र वचत गर्न प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका एक प्रतिशत थप ब्याज दिइने भएको छ।

मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तनलगायतका कारणले केही समय ढिला हुन पुगेको हो।

प्रकाशित: २९ श्रावण २०७८ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App