८ वैशाख २०८१ शनिबार
अर्थ

गोरखामा मध्यपहाडीको गति सुस्त

गोरखाको मध्यपहाडी लोकमार्ग अन्र्तगत निवेल घ्याम्पेशाल सडक खण्ड । तस्बिरः नागरिक

गोरखामा मध्यपहाडी लोकमार्ग खण्डको काम कछुवा गतिमा छ । सातवर्ष देखि सुरु भएको सडक स्तरोन्नतीको काम अझै सकिएको छैन ।  

चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको ६३ दशमलव ३७ किलोमिटर मध्ये आरुघाट–वख्लेको १३ किलोमिट र वख्ले–खहरे १६ किलोमिटर २०७१–७२ बाट निर्माण सुरु भएको हो । आरुघाट–वख्ले सडकमा ८० प्रतिशत काम भएको छ भने खहरे सम्म ५५ प्रतिशत मात्रै काम भएको मध्यप हाडी लोकमार्ग पालुङटार स्थित आयोजना कार्यालयका सुचना अधिकारी गोबिन्दप्रसाद श्रेष्ठले बताए ।  

‘यो दुईवटा प्याकेज ‘क्रोनिक’ ठेक्का हो,’ उनले भने ‘भूकम्पले केही समय प्रभावित भयो, अहिले काम चलिरहेको छ ।’ खहरे–मसानेठाँटीको १२ दशमलव पाँच किलोमिटरको २१ र मसानेठाँटी–ठाँटीपोखरी सडकको १२ प्रतिशत मात्र प्रगती भएको छ । यो दुवै २०७६÷७७ बाट सुरु भएको योजना हो । ‘आरुघाट क्षेत्रको चार किलोमिटर डुबानमा पर्ने भएकाले पहिले काम भएन,’ सुचना अधिकारी श्रेष्ठले भने ‘अहिले उक्त खण्डमा पनि काम भईरहेको छ ।’  

गोरखामा निबेलस्थित जराङखोलामा पक्की पुल बन्दैछ । उक्त पुलको प्रगती ९२ प्रतिशत भएको छ । पालुङटारबाट चेपे तर्फको सडक खण्डमा पर्ने गोहोरे खोला पुलको प्रगती ७२ प्रतिशत छ भने सिदी खोला पुल सम्पन्न भईरहेको छ । २०७५ पुसदेखि गोरखाको पालुङटारमा कार्यालय रहेर मध्यपहाडीले गोरखा, नुवाकोट, धादीङ र लमजुङ जिल्लाको मध्येहाडी क्षेत्र पर्ने सडक हेर्दै आएको छ । दुईसय ३३ किलोमिटर सडक मध्येपहाडी अन्र्तगत यी जिल्लामा पर्छन । १२ वटा पक्कीपुल निर्माण भईसकेको छ भने चार वटा निर्माणको क्रममा रहेको छ ।  

गोरखामा ६३ दशमलव ३७ प्रतिशत सडक मध्येपहाडी लोकमार्गमा पर्छ । सडकको दुईअर्व एक लाख १७ हजार रुपैयाँमा ठेक्का भएको हो । सडकको ट्रयाक र बिस्तार ५५ किलोमिटर, ग्राभेल ४१, बेस बिछ्याईएको २२ र कालोपत्रे १० किलोमिटर सडकमा भएको सुचना अधिकारी श्रेष्ठले बताए । ‘गोरखा भित्रको सबै पोजेक्टको प्रगती ४७ प्रतिशत छ,’ उनले भने ‘आर्थिक वर्ष २०७७÷७८ को भने ९२ प्रतिशत बित्तीय प्रगती छ ।’ ११ वटा पुल नुवाकोटमा सम्पन्न भएको छ । सडकमा भने गोरखामा प्रगती धेरै भएको उनले बताए । धादीङ तर्फ ठेक्का नै लागेको छैन ।

प्रकाशित: २० श्रावण २०७८ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App