८ वैशाख २०८१ शनिबार
अर्थ

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न घरदैलो अभियान

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मेरो देश मेरै उत्पादन अभियानको लोगो हस्तान्तरण गर्दै मोरङका उद्योगी व्यवसायीहरू। तस्बिर/नागरिक

मेरोदेश मेरै उत्पादन भन्ने नाराकासाथ मोरङका उद्योगी व्यवसायीले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न घरदैलो अभियान थालेका छन्। बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उद्योगीको टोलीले  मुख्यमन्त्री शेरधन राईलाई भेटेर स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि अभियान थालेको जानकारी  गराएको छ।  

मुख्यमन्त्रीसँगको भेटमा उद्योगीहरूको टोलिले स्वदेशी उत्पादन प्रबद्र्धनमा सहयोग पुर्‍याउन आग्रह गरेको छ। उद्योगीहरूको टोलिलाई मुख्यमन्त्री राईले स्वदेशी उद्योग र उत्पादनको प्रबद्र्धनका लागि प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन्। राईले स्वदेशी उद्योग र उत्पादनको प्रबद्र्धन विना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न आबश्यक सहयोग गर्ने आश्वासनसमेत  दिएका छन्। 

यस्तै टोलिले कृषि मन्त्रालय पुगेर भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरलाईसमेत भेटेको छ। यस्तै सामाजिक विकास मन्त्री उषकला राईलाई पनि उद्योगीहरूको टोलिल भेट गरेको छ। उद्योगीको टोलिले मुख्यमन्त्री तथा मन्त्रीहरूको कार्यकक्षमा मेरो देश मेरै उत्पादन भन्ने लोगो राख्नसमेत आग्रह गरेको छ। 

उद्योगीको टोलिसंगको भेटमा सामाजिक विकास मन्त्री उषकला राईले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्। उनले  अर्काको नक्कल गरेर हैन आफ्नै मौलिक बस्तुको पहिचान गरेर विश्वभर पुर्‍याउन सके देश समृद्ध बन्ने धारणा राखिन्। राईले भनिन्‘ अर्काको नक्कल गरेर हैन आफ्नै देशको बस्तुको पहिचान गरेर विश्व बजारमा पुर्‍याउन सके देशको समृद्धि र विकास संभव छ।’  

मेरोदेश मेरै उत्पादन भन्ने नारा सबै नेपालीको मनमा बसोस् भन्ने उद्देश्यले स्वादेशी बस्तुको प्रबद्र्धनका लागि घरदैलो अभियान थालेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताउनुभयो। प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले उद्योगीहरूले सुरू गरेको अभियान सकारात्मक भएको भन्दै सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको मुण्दडाले बताए। उनले भने ‘हाम्रो अभियानलाई  प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले सकारात्मक रुपमा लिनुभएको छ।’ 

उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेलले स्वदेशी बस्तुको प्रबद्र्धन गर्न जागरण अभियानका रुपमा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू तथा सचिवहरूको कार्यकक्षमा पुगेको जानकारी दिए। प्याकुरेलले स्वदेशी बस्तुको प्रबद्र्धनका लागि मुख्यमन्त्री, मन्त्रीहरू तथा सचिवहरूको टेवलमा ४ बुंदे प्रतिबद्धता पत्र र भित्तामा मेरो देश मेरै उत्पादन भन्ने नारा लेखिएको बोर्डसमेत राखिएको  बताए। स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र मोरङ व्यापारसंघले संयुक्त रुपमा सुरू गरेको अभियानको उद्घाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।  

प्रकाशित: १३ श्रावण २०७८ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App