coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

परिसूचकमा उत्कृष्ट बनेको एनआइसी एसियाको दाबी

एनआइसी एसिया बैंकले आर्थिक वर्ष २०७७/७८ मा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायत अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकमा देशकै सर्वोत्कृष्ट बैंक बनेको दाबी गरेको छ।

२४ वर्ष पुरानो एनआइसीले तीन सय ५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखारहित एकाइ तथा चार सय ७१ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ। उसले २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खातामार्फत गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको दाबी गरेको छ।  

सर्वसाधारण सेयरधनीको सुरुआती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ रूपैयाँ हुन पुगेको बैंकले जनाएको छ। यो सुरुआती लगानी रकमको करिब एक सय ३६ गुणा वृद्धि हो। त्यसैगरी, देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैँकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको समेत बैंकले उल्लेख गरेको छ।

प्रकाशित: ८ श्रावण २०७८ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App