९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआइसी एसिया क्यापिटलको अध्यक्षमा ढकाल

एनआइसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्। साउन १ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। उनी एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत छन्।  

उनीसँग डेलोइट इन्डिया (बिग ४), आइसिआइसिआई बैंक र हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट पनि हुन्। 

उनले एनआइसी एसिया बैंकको हालको रूपन्तरण यात्राको उद्गम बिन्दु मानिएको बिजनेस प्रोसेस रिइन्जिनियरिङ विभाग प्रमुखको भूमिकाबाट उक्त बैंकमा सेवा सुरु गरी बैंकको उच्च व्यवस्थापन तहमा १२ वर्षभन्दा बढी काम गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ढकाल एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष छन्। 

प्रकाशित: ३ श्रावण २०७८ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App