८ वैशाख २०८१ शनिबार
अर्थ

सामसङका नयाँ वासिङ मेसिन बजारमा

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले पहिलोपटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसका साथ एआई प्रविधियुक्त वासिङ मेसिन प्रस्तुत गरेको छ। एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड वासिङ मेसिनमा इकोबब्बल प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ। जसको मदतले कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।  

गुणस्तरीय धुलाइको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको कम्पनीको विज्ञप्तिमा उल्ल्लेख छ। यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरू हटाउन सक्ने कम्पनीको दाबी छ। यी नयाँ मोडेलका वासिङ मेसिनले प्रयोगकर्ताको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ साइकलको विकल्प प्रदान गर्ने बताइएको छ।  

कस्टमाइज गरिएका एआईयुक्त ती मेसिन तीन भेरियन्टमा उपलब्ध छन्। यसमा ग्राहकले आफू अनुकूल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सक्ने बताइएको छ। यसमा भएको एआईले लुगा धुने बानीलाई आफ्नो मेमोरीमा राख्ने र पछि त्यस्तै खालको कपडा धुँदा सोही अनुरूप काम गर्ने बताइएको छ।  

यी मेसिनहरू एक लाख नौ हजार नौ सय ९० देखि उपलब्ध छन्। हिम इलेक्ट्रोनिक्स अन्तर्गतका सामसङ स्मार्ट प्लाजा मार्फत १५ प्रतिशतसम्मको क्यासब्याक तथा सहज किस्ताबन्दीमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रकाशित: २५ असार २०७८ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App