coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हब कोअपरेटिभको सेवा पोखरामा

वित्तीय कारोवारलाई प्रविधिमा जोड्न ढिला गर्नुहुँदैन: मुख्यमन्त्री पोखरेल

सहकारीलाई डिजिटल प्रविधिमार्फत सेवा दिने प्रमुख लक्ष्य लिएर स्थापना भएको हब कोअपरेटिभ सर्भिस लिमिटेडले पोखरामा सेवा केन्द्र विस्तार गरेको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार हब कोपरेटिभ सर्भिसको सेवा केन्द्रको उद्घाटन गरेर सेवाको सुरुवात गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सहकारीलाई पारदर्शी बनाउन वित्तीय कारोबारलाई डिजिटल प्रविधिमा जोड्नुपर्ने बताए । प्रविधिमार्फत आर्थिक कारोबार गर्दा पारदर्शीता, सर्वसुलभता वृद्धि भई सुरक्षित हुने भएकाले सहकारीहरुलाई प्रविधिमा जोडिन उनले आग्रह गरे । ‘वित्तीय कारोबारलाई प्रविधिमा जोड्न ढिला गर्नु हुँदैन,’ मुख्यमन्त्री पोखरेलले भने, ‘हब कोअपरेटिभले विकास गरेको प्रविधिमा जोडिएर आर्थिक कारोबार गर्दा सदस्यले लाभ लिन सक्छन् ।’

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको हब कोअपरेटिभले सहकारीलाई प्रविधिमैत्री सेवा दिन सुरु गरेको हो । मुलुकभर कार्यक्षेत्र रहेको हबले सहकारी संस्थालाई डिजिटल प्लेटर्फम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीबीच रकमान्तर, भुक्तानी तथा फछर्यौट सेवा, क्लियरिङ, मोबाइल बैंकिङ, वैंक एवं सहकारीबीच रकम ट्रान्सफर, बिलहरु भुक्तानीका सेवाहरु गराउन सुरु गरेको छ ।  

हब सहकारीमा आवद्ध भएका सहकारीका सदस्यले हब सोलुसन मोबाइल एपमार्फत सेवा लिन सक्ने व्यवस्था मिलाएको हब कोअपरेटिभका अध्यक्ष दक्ष पौडेलले बताए । ‘हबमा जोडिएका सहकारीका सदस्यले मुलुकभर जुनसुकै ठाउँमा रकम पठाउन र पाउन सक्ने संस्थागत व्यवस्था मिलाइएको छ,’ अध्यक्ष पौडेलले भने, ‘सहकारीलाई प्रविधिमैत्री बनाउन नयाँ अभ्यास सुरु गरेका छौं ।’  

हबले सातै प्रदेशका १५ वटा जिल्लामा सेवा केन्द्र विस्तार गर्न सरकारबाट अनुमति लिएको छ । तीनवर्ष भित्र सहकारीहरु मार्फत २० लाख व्यक्तिहरुमा विद्युतीय कारोबारको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । हबले सहकारीको राष्ट्रिय सञ्जाल निर्माण गरी प्रविधिको माध्यमबाट वित्तीय कारोबार सम्भव बनाउन पोखरामा पहिलो शाखा विस्तार गरेको हब कोपरेटिभका सचिव राजेन्द्र पौडेलले बताए । ‘प्रविधि सेवा हरेक सहकारीका लागि आवश्यक छ,’ उनले भने, ‘सहकारीलाई प्राविधिक सेवा उपलब्ध गराउछौं ।’ मुलुभर करिव २९ हजार सहकारीमा ६० लाख मानिस आवद्ध रहेका छन् । सहकारी ऐनमा भएका व्यवस्था अनुसार सहकारीलाई प्रविधि मैत्री बनाउनका लागि अभियान अघि बढाएको हबले जनाएको छ ।

प्रकाशित: १८ असार २०७८ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App