coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हिलाम्य विकास

हरेक वर्षायाममा अविरल वर्षा भएपछि मधेसका गाउँको निकास थुनिन्छ । अधिकांश बस्ती हिलाम्य बन्छ । धनुषाको सबैला नगरपालिका –१० को करिब पाँच सय घरधुरी अहिले निकास नपाएर बस्तीमै थुनिन बाध्य छन् ।

यस बस्तीमा पक्की ढलानका लागि जेएस कन्सट्रक्सनसँग नगरपालिकाले सम्झौता गरेको इन्जिनियर रन्जीत यादवले बताए । करिब ५५ प्रतिशत तल झरेर ठेक्केदारले २५ लाखमा पक्की ढलानको सम्झौता गरेपनि असारे झरीले काम अघि बढ्न सकेको छैन् । झरी परिरहेकै बेला भएको थोरै ढलान पनि एक साता नबित्दै भत्किसकेको छ ।  

यस बस्तीबाट मुल सडक पुग्न ती वटा बाटा छन । तीनवटै बाटामा गाउँपालिकाले चिप्लो माटो हालेको छ । पानी परेर माटो हालिएको बाटा सबै हिलाम्य भैसकेको छ । स्थानीयहरुलाई घरबाट बाहिर निस्कन समेत हम्मे परेको छ ।  

पहिला त विकास भएन भएन जनप्रतिनिधि आएको चार वर्ष भैसक्दा पहिलो पटक गाउँमा विकासको नाममा चिप्लो माटो हाल्यो । जसले आफूहरुलाई बस्तीमै थुनिएर बस्न बाध्य बनाएको स्थानीयको गुनासो छ ।

गाउँमा कोहि बिरामी परे अस्पतालसम्म लैजाने अवस्था छैन । बस्तीबाट निस्किने अवस्थै छैन । बरु पहिला नै ठिक थियो । बर्खाका बेला गाउँमा कोहि बिरामी पर्दा मुल सडकसम्म बोकेर त पुर्याउथ्यौं स्थानीय भन्छन्,‘ अहिले त्यो अवस्था पनि छैन ।’  

प्रकाशित: १७ असार २०७८ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App