coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिलाई कटाई र सौन्दर्य शिक्षामा आकर्षण बढ्दै

सिपमुलक प्राविधिक शिक्षाले आत्मनिर्भर र उद्यमी बनाउने भएकोले हाल प्राविधिक शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढी रहेको छ। त्यसमा पनि सिलाइ कटाई र सौन्दर्य तालिमको सिप हातमा हुनसाथ आत्मनिर्भर बन्नुको साथै उद्यमी बन्ने भएकोले यस विषय तर्फ विद्यार्थीको आकर्षण बढी रहेको शिक्षा ,विज्ञान तथा प्रविधिक मन्त्रालय अन्र्तगतको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले सार्वजनिक गरेको तथ्याँकले देखाएको छ।  

गत वर्ष विभिन्न ४० प्रकारका तालिमहरु कुल २७ हजार ७ सय ११ मध्ये सबै भन्दा बढी तालिम लिनेहरु सिलाई कटाइ र सौन्दर्यमा रहेको तथ्यांकले देखाएको निर्देशक भूषालले बताए। गत वर्षको तथ्याँक अनुसार गत वर्ष तालिम लिएकाहरुमध्ये सबै भन्दा बढी ७ हजार ४ यि ९५ ले सिलाइ कटाई  र ६ हजार ५४ ले सौन्दर्य विषयको तालिम लिएका छन्। भने तेस्रो स्थानमा बिलडिङ इलेक्ट्रीसियनरहेका छन्। तीन हजार ४ सय ६९ले यो तालिम लिएका छन्।  

पोखराकी सपना तिवारीले पोखराको एसिया टेक्निकल इनस्टीच्युटबाट तीन महिने सिलाई कटाई तालिम सकाउनसाथ उनले आफनो बुटिक खाोलेर आज रोजगार दाताको रुपमा चिनिएकी छिन्। कक्षा १० सम्म औपचारिक शिक्षा हासिल गर्दा उनलाई पढाइ तर्फ खासै रुचि नलाग्नुको मुख्य कारण कक्षा १० सम्म किताब ज्ञान मात्र हासिल गर्नु रहेको उनी बताउँछिन् । ‘स्कुलमा किताबमात्र पढदा दिक्क लाग्यो ,’ उनले नागरिकसँग भनिन् ‘घरको आर्थिक अवस्थाले पढाइ धान्ने मुस्किल थियो । त्यही बखत इभेन्टको सिलाइ कटाइ तालिम लिए।’ उनले अनुभव सुनाइन्‘पुर्ण प्राक्टिल सिपमुलक शिक्षा पाउँदा मनैदेखि सन्तुष्टि मिल्यो । आज मेरो आफनै बुटिक छ। ८ जनालाई रोजगा दिने पनि भएको छु।’

पोखराकै लक्ष्मी रानाभाटले पनि सिटिइभिटि अन्र्तगतको एसिया टेक्निल इन्स्टीच्युटबाटै तीन महिने ब्युटिसियनको तालिम लिइन्। उनले कक्षा दशमा अध्ययन गर्दागर्द विचैमा अध्ययन छाडेर तालिम लिएको बताइन्। ‘ब्युटिसियनको तालिम लिएपछि हातमा सिप भयो,’ लक्ष्मीले भनिन् ‘मैले आफनै पार्लर खोलेर आर्थिक आयआर्जन गर्न थालेकी छु। ’ उनी थप्छिन्‘आज मेरो पार्लरबाटै घर व्यवहार चलेको छ।’ उनले औपचारिक शिक्षा भन्दा पनि सरकारले युवाहरुकोलागि सिपमुलक तालिमहरुमै जोड दिनु पर्ने आग्रह गरिन्।  

इभेन्टले युवाका लागि भौचरमा आधारित छोटो अवधिको तालिम प्रदान गर्दै आएको छ। परियोजना निर्देशक चन्द्रकान्त भुसालका अुनसार प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास शिक्षाको अधिकारको सुनिश्चित गर्नकालागि १६ देखि ४० वर्षका बेरोजगार युवाहरुलाई प्राविधिक सीप प्राप्त गर्ने अवसर प्रदान गरी आर्यआर्जनका माध्यमबाट जीवनस्तर सुधार ल्याउने उदेश्यका साथ परियोजनाले छोटो तथा लामो अवधिको तालिम कार्यक्रमहरु निःशुल्क उपलब्ध गराउँदै आएको छ। साथै तालिम लिएकाहरुको सीप समेत परीक्षण गर्ने गरेको छ। सन् २०१७ देखि सन् २०२२ सम्म एक लाख १५ हजार युवाहरुलाई तािलम दिने उदेश्यकासाथ कार्यक्रम तयार गरिएको छ।  

‘लक्षित वर्ग र समुदायलाई तालिममा प्राथमिकता दिने तथा स्वयं सिकाई भएका एवम् बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई निःशुल्क सीप परीक्षण गराउने कार्य पनि भएको छ,’ निर्देशक भुषालले नागरिकसँग भने ‘गरिबीको समस्याका कारणले प्राविधिक शिक्षा आर्जन गर्न बञ्चित विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने तथा शिक्षालयको गुणस्तर व्यवस्थाकालागि आर्थिक सहयोग र तािलम प्रदान गर्ने गरेको छ। ’उनले थपे‘४० तालिम मध्ये सिलाई कटाई र ब्युटिसियन सिक्नासाथ रोजगारदाता उद्यमी हुने भएकोले पनि महिला पुरुष दुबैको आकर्षण देखियो।’

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विश्वबैंकको आर्थिक सहयोगमा व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना –पहिलो अगष्ट २०११देखि ३१ अक्टुवर २०१५ सम्म सम्पन्न भएको थियो। पहिलो परियोजनाको सफलतापछि दोस्रो चरणको ६ अर्वको लागनी रहने गरी कार्यक्रम सुरु भएको छ। दोस्रो परियोजना २५ लसेप्टेम्बर २०१७ देखि १५ जुलाई २०२२ सम्मकोलागि तयार गरिएको इभेन्टका अधिकृत उद्धवराज कट्टेलले बताए।  

पाँच वर्षको अवधिमा एक लाख १५ हजारलाई भौचरमा आधारित, नतिजामा आधारित लगायत विभिन्न १४ खाले तालिम प्रदान गर्ने लक्ष्य लिइएको  छ। तर हाल कोभिड–१९ र त्यसपछिको दोस्रो लहरले तालिम केही प्रभावित भएको उनको भनाई छ।  भौचरमा आधारित तालिम ६९ हजार पाँच सय जनालाई प्रदान गर्ने लक्ष्य लिइएकोमा हाससम्म ४३ हजार ८३३ जनाले पाइसकेको अधिकृत कट्टेलले बताए।  

‘पहिलो र दोस्रो वर्षको रोजगारीको अवस्था ७५ प्रतिशत रहेको पाइएको छ ,’अधिकृत कट्टेलले भने ‘तीन महिने तालिम र त्यसपछिको छ महिने रोजगारी अनुसारको पाठ्यक्रम तय गरिएको छ। ’ उनले थपे‘ यस विधिमा तालिम पूरा गर्नासाथ छ महिनाको रोजगारी प्राप्त नगर्दासम्म तालिम सञ्चालक संस्थालाई रकम भुक्तानी नदिने व्यवस्था छ।’ शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको अन्तरक्रियामा परियोजना निर्देशक भुसालले टीएसएलसीका विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ उपलब्ध गराउने गरिएको जनाए।

प्रकाशित: १४ असार २०७८ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App