coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इटहरी उपमहानगरपालिकाको बजेट अर्ब १७ करोड ४५ लाख

इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८।७९ को लागि दुई अर्ब १७ करोड ४५ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। उपप्रमुख लक्ष्मी गौतमले विहीबार भएको नवौ नगरसभामार्फत बजेट सार्वजनिक गरेकी हुन्।

आगामी आर्थिक वर्षका लागि गौतमले सार्वजनिक गरिएको बजेटमा संघीय सामानिकरण अनुदान ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान २ करोड २९ लाख, संघीय विशेष अनुदान ३ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख र  प्रदेश ससर्त अनुदान १ करोड ६७ लाख हुने उल्लेख गरेकी छन्।

यस्तै, सार्वजनिक गरिएको बजेटमा प्रदेश समपूरक अनुदान १ करोड संघीय राजश्व बाडफाँड १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन ३२ करोड आन्तरिक श्रोतबाट ४१ करोड, मर्मत सम्भार कोषबाट १ करोड २० लाख, धरौटी खाता सापटी ४ करोड र  ऋण प्राप्त गर्ने ५ करोड नगद मौज्दात परिवर्तनबाट २९ करोड नगद मौज्दात रहने उल्लेख छ।  

स्वास्थ्य क्षेत्रका लागि ४ करोड बिनियोजन गरिएको छ । सार्वजनिक गरिएको बजेटमा इटहरी अस्पतालको स्तरवृद्धि गर्दै लगिने नीतिलाई कायमै राखिएको छ। आगामी आर्थिक वर्षमा इटहरी अस्पतालमा नन इन्भेट्री भेन्टिेलटरसहितको आइसीयु सञ्चालन गरिने बजेटमा समेटिको छ। त्यस्तै हालको वर्थिङ् सेन्टरलाई स्तरोउन्नित गरि अपरेशन समेतको सेवा सुचारु गरिने उल्लेख छ।

अहिले रहेको ल्यावको क्षमतालाई वढाई आधुुनिक ल्यावको सुविधा उपलब्ध गरिने भएको छ।  

इटहरी अस्पतालमा आगामी वर्षबाट डाइलालिस सेवा सञ्चालन गर्नुको अतिरिक्त खोप लगाउन आउने वच्चाहरुको लागि सामुदायिक बालबालिकाको आँखा उपचार कार्यक्रम समेत सञ्चालन बजेमा समेटिएको छ। इटहरी अस्पतालको स्तरोन्नतिका साथै विभिन्न १४ वटा वडामा निर्माण सम्पन्न भइसकेका वा चाँडै निर्माण सम्पन्न हुने स्वास्थ्य केन्द्रको सञ्चालन आगामी आर्थिक वर्षको प्रारम्भबाटै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।

इटहरी अस्पतालको माध्यमबाट आगामी आर्थिक वर्ष २०७८।७९ मा थप एक लाख नागरिकलाई स्वास्थ्य बिमा गराउने लक्ष्य सहित कार्यान्वयन गरिनेछ।  

यस्तै शिक्षा क्षेत्रमा दुई करोड बजेट सार्वजनिक गरिएको छ। जसमा सामुदायिक विद्यालय र सामुदायिक शिक्षाको क्षेत्रको विकास र प्रगतिका लागि सबै विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय शुद्ध पिउने पानी, वालमैत्री शौचालय, कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, खेलमैदान केन्द्रको स्तरोउन्नती लगायत आवश्यक अन्य कार्यहरु सञ्चालन गरी सामुदायिक विद्यालयहरु थप व्यवस्थित, आकर्षक र उन्नत बनाइने नीति लिइएको छ।  

कृषि तथा पशु विकासतर्फ दुई करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, सामाजिक विकासतर्फ तीन करोड, वन, वातावरण तथा सरसफाईमा एक करोड बिनियोजन गरिएको छ। यस्तै, सूचना सञ्चार, सहकारी विकास, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास, युवा तथा खेलकुद, महिला शसक्तिकरण, दलित, विपन्नपरिवार, उद्योग वाणिज्य र व्यापारलगायतमा बजेट बिनीयोजन गरिएको छ। नदी नियन्त्रणका लागि एक करोड ५० लाख, विपद् व्यवस्थापनमा तीन करोड, पूर्वाधार निर्माण,आन्तरिक प्रशासन व्यवस्थापनललगायतमा बजेट छुट्याएको छ।

प्रकाशित: १० असार २०७८ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App