coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुबिसु र नोकियाको सहकार्यमा अत्याधुनिक अप्टिकल नेटवर्क

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा चार सय जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन विस्तार गरेको छ। यसले सुबिसुलाई उच्च गति र गुणस्तरको इन्टरनेट र इन्ट्रानेट सेवा प्रदान गर्न सहयोग गर्ने दुवै कम्पनीको संयुक्त विज्ञप्तिमा उल्लेख छ। सुबिसुको पूर्वदेखि पश्चिमसम्मको १५०० मिलोमिटर नेटवर्कमा यो विस्तार गरिएको हो।  

बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट र इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पु¥याउने छ। सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकलाई उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलोपटक ४०० जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन उपलब्ध गराएको हो यसले सुबिसुको बढ्दो ब्यान्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्नेछ। अब सुबिसुका ग्राहकले उच्च गतिको ब्रोडब्यान्डमा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्न सक्ने बताइएको छ।  

४०० जिबिपिएस सिंगल फाइबरयुक्त नोकिया१८३० फोटोनिक सर्भिस स्विच (पिएसएस) प्लेटफार्म अफरिङ फोटोनिक सर्भिस इन्जिन (पिएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ देशभर जडान गरिएको कम्पनीहरूको विज्ञप्तिमा छ। विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन भएको दाबी पनि विज्ञप्तिमा छ। नोकियाको ४०० जिबिपिएस सिंगल फाइबर सोलुसनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई सोलुसन कस्ट अप्टिमाइज गर्दै र अपरेसन कस्ट घटाउँदै थप सबल बनाउन मद्दत गर्दछ। यस समाधानले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टस्–टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्दछ।  

यस सम्बन्धमा सुबिसुका सिइओ बिनयमोहन साउद भन्छन्, ‘नोकियासँग हामी निकै लामो समयदेखि काम गर्दै आएका छौं, र नोकियाको इन्डस्ट्री लिडिङ उत्पादन तथा सोलुसनहरूले हाम्रो सुबिसुको ग्राहकलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको छ। यस महत्वपूर्ण परियोजनाको लागि नोकिया एकमात्र बिक्रेता हो र यसको सोलुसनहरूले हाम्रो सेवाको माध्यमबाट ग्राहकलाई उच्चस्तरीय अनुभव तथा सेवा प्रदान गर्न हामी सक्षम भएका छौं।’  

भारतका लागि नोकियाका इमर्जिङ मार्केटका प्रमुख विनिश बावाले उक्त कम्पनीको इन्डस्ट्री–प्रमाणित १८३० सिएसएस सोलुसनले सुबिसु जस्ता सेवा प्रदायकलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको बताउँछन्।  

नियोटेरिक नेपालका एमडी संजय गोल्छाले नोकियाको साझेदार भएको नाताले आफूहरू नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेसन प्रणाली बनाउने प्रक्रियामा सहयोग गर्न सदैव प्रतिबद्ध रहेको बताए।

प्रकाशित: ८ असार २०७८ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App